News Portal

सत्ता पक्षकै सांसदको मत बदर हुँदा सुदूरपश्चिममा निर्वाचित भएनन् सभामुख

हिमालीसंचार संवाददाता
३२० पटक

कैलाली। सुदूरपश्चिममा सत्ता गठबन्धनका सांसदबाटै मत बदर हुँदा सभामुख निर्वाचन भोलिका लागि सरेको छ। आज भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारीले पहिलो चरणमा २७ मत प्राप्त गरे।

तर दोस्रो चरणमा भने उनले २६ मत मात्रै ल्याए। जबकी निर्वाचित हुनका लागि २७ मत आवश्यक हुन्छ। दोस्रो चरणको निर्वाचनमा सत्ता गठबन्धनकै एकजना सांसदको मत बदर भएपछि सभामुखको निर्वाचन भोलि पुनः हुने भएको छ।

उता नेपाल नेपाली कांग्रेस, नेकपा एस र स्वतन्त्रबाट उम्मेदवार बनेका मान बहादुर रावलले २३ मत प्राप्त गरे। उनले दुवै चरणमा २३ मत नै ल्याए।

यस प्रदेशमा जम्मा ५३ जना सांसद रहेका छन्। जसमा सत्तारुढ गठबन्धन दलहरु एमाले, माओवादी, राप्रपा, नागरिक उन्मुक्तिसहित २९ जना छन्।

आजको निर्वाचनमा एमालेका सांसद चक्र मल्ल बैठकबाट बाहिर निस्किएका थिए। तर पछि जनाउ घण्टी बजेपछि उनलाई प्रवेश गर्न दिइएको थिएन्।

त्यस्तै, नागरिक उन्मुक्तिका लक्षमण किशोर चौधरी भने उपस्थित नै भएनन्। उता कांग्रेस, नेकपा एस, स्वतन्त्र गरेर २३ जना रहेका छन्। ज्येष्ठ सदस्य भएकाले कांग्रेसका शिवराज भट्टले मत भने हाल्न पाएनन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...