रविन्द्र बरासयल/विराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुस २९ गते विश्वासको मत लिने भएका छन् । आइतबार ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका हुन् ।
विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले संसद सचिवालयलाई जानकारी गराइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
नेपालको संविधान २०७२ को धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम मिति २०७९ पुस २९ गते ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि सूचना दिएको मुख्यमन्त्रीका सहयोगी रवि खनालले हिमालीसंचारडटकमसंग बताए।