News Portal

एमालेसँग एकीकरण गर्न इच्छुक हुनुहुन्छ ? माधव नेपालले भने- जुन गाउँ जानु छैन, किन बाटो सोध्नु !

हिमालीसंचार संवाददाता
२६३ पटक

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सञ्चाकर्मीले नेकपा एमालेसँग एकीकरण के हुँदैछ भनेर प्रश्न गर्दा ‘नजानुपर्ने गाउँको बाटो नसोध्न’ जवाफ दिएका छन्।

शुक्रबार सिंहदरबारमा सर्वदलीय बैठकपछि एमालेसँग एकीकरण गर्न इच्छुक हो भन्दै पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्।

उनले भने, ‘व्यक्तिगत भावना राख्ने बेग्लै कुरा हो। सदभाव राख्नेहरुसँग मेरो केही पनि वादविवाद छैन। तर, जुन गाउँ जानै छैन, बाटो नसोध्नु।’

सञ्चारकर्मीले प्रश्न गरेका थिए ‘एमालेसँग एकीकरण हुँदैछ भन्ने थियो, एमाले र एकीकृत समाजवादीको एकीकरणको कुरा के हो ?’

जवाफमा अध्यक्ष नेपाल भन्छन्, ‘यस विषयमा कसैले केही पनि भनेको छैन। व्यक्तिगत भावना राख्ने बेग्लै कुरा हो। सदभाव राख्नेहरुसँग मेरो केही पनि वादविवाद छैन। भावना राम्रो हुनु आफ्नो ठाउँमा छ तर, कुनै ठोस कुराहरु भएका छनैनन्।’

फेरि पत्रकार पूरानै प्रश्न गर्छन्, ‘एमालेसँग एकीकरण गर्न इच्छुक त हुनुहुन्छ ?’

हाँस्दै उखानमार्फत् जवाफ दिन्छन्, ‘उखाने भने जुन गाउँ जानु छैन, किन बाटो सोध्नु। विचार विधि मिल्नेसँग एकता पनि गर्नेछौँ। मोर्चा पनि बनाएर जानेछौँ। कुन कुन पार्टीसँग गर्ने त्यो हेर्दैछौँ। जनता समाजवादी पार्टीसँग छलफलमा छौँ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...