News Portal

एमालेसँग एकीकरण गर्न इच्छुक हुनुहुन्छ ? माधव नेपालले भने- जुन गाउँ जानु छैन, किन बाटो सोध्नु !

हिमालीसंचार संवाददाता
२२६ पटक

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सञ्चाकर्मीले नेकपा एमालेसँग एकीकरण के हुँदैछ भनेर प्रश्न गर्दा ‘नजानुपर्ने गाउँको बाटो नसोध्न’ जवाफ दिएका छन्।

शुक्रबार सिंहदरबारमा सर्वदलीय बैठकपछि एमालेसँग एकीकरण गर्न इच्छुक हो भन्दै पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्।

उनले भने, ‘व्यक्तिगत भावना राख्ने बेग्लै कुरा हो। सदभाव राख्नेहरुसँग मेरो केही पनि वादविवाद छैन। तर, जुन गाउँ जानै छैन, बाटो नसोध्नु।’

सञ्चारकर्मीले प्रश्न गरेका थिए ‘एमालेसँग एकीकरण हुँदैछ भन्ने थियो, एमाले र एकीकृत समाजवादीको एकीकरणको कुरा के हो ?’

जवाफमा अध्यक्ष नेपाल भन्छन्, ‘यस विषयमा कसैले केही पनि भनेको छैन। व्यक्तिगत भावना राख्ने बेग्लै कुरा हो। सदभाव राख्नेहरुसँग मेरो केही पनि वादविवाद छैन। भावना राम्रो हुनु आफ्नो ठाउँमा छ तर, कुनै ठोस कुराहरु भएका छनैनन्।’

फेरि पत्रकार पूरानै प्रश्न गर्छन्, ‘एमालेसँग एकीकरण गर्न इच्छुक त हुनुहुन्छ ?’

हाँस्दै उखानमार्फत् जवाफ दिन्छन्, ‘उखाने भने जुन गाउँ जानु छैन, किन बाटो सोध्नु। विचार विधि मिल्नेसँग एकता पनि गर्नेछौँ। मोर्चा पनि बनाएर जानेछौँ। कुन कुन पार्टीसँग गर्ने त्यो हेर्दैछौँ। जनता समाजवादी पार्टीसँग छलफलमा छौँ।’

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...