News Portal

  • प्रदेश नं. १ मा मुख्यमन्त्रीका लागि एमाले-माओवादी दुबैको आ-आफ्नै अडान

    हिमालीसंचार संवाददाता
    २०१ पटक

    रविन्द्र बराल/विराटनगर – प्रदेश नं. १ केन्द्रिय राजनीतिको धटनका क्रमसंगै प्रदेश नं. १ मा समेत त्यसको प्रभाव परेको छ। नेपाली कांग्रेस प्रतिपक्षमा पुगेसंगै प्रदेशमा एमाले-माओवादी भित्र मुख्यमन्त्रीका लागि दुबै पार्टीले आफ्नो अडान सहित मुख्यमन्त्री दावी गरेका छन्।

    प्रदेश नं. १ मा सत्तारुढ दल एमाले ठुलो दल बनेसंगै मुख्यमन्त्रीको दावी गरेको छ। एमाले-माओवादीले केन्द्रमा कसरी समिकरण मिलाउने त्यस अनुरुप नै प्रदेश तर्फको सहमति जुट्ने छ।  

    नेकपा एमालेबाट संसदीय दलको नेतामा हिक्मत कार्की चयन गरिसकेको छ भने माओवादी केन्द्रले संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बोलाई चयन गरिसकेको छ । दुबै दलले आ-आफ्नै अडानमा मुख्यमन्त्री पाउनु पर्ने अनौपचारिक धारणा राखिरहेका छन्। 

    त्यस्तै, प्रदेशसभा तर्फ नेकपा एमालेको ४० जना, माओवादी केन्द्रको १३ जना, नेपाली कांग्रेसका २९ जना, राप्रपाका ६ जना, नेकपा एकीकृत समाजवादीका ४ जना र जसपा नेपालका १ जना सांसद छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...

    देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

    काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि...

    प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

    काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको...

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...