News Portal

गृहमन्त्री नपाएपछि रिसाएका नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएनन्

हिमालीसंचार संवाददाता
५०५ पटक

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएका छैनन्। उनी शपथ खानुभन्दा अघि गृहमन्त्रालयमा जाने तयारीमा थिए।

प्रधानमन्त्री दाहालले पनि उनलाई गृहकै लागि शपथ खान तयार हुन भनेका थिए। तर, संसद्को चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा दाबी गरेपछि दाहालले लामिछानेलाई नै गृहमन्त्री बनाए।

दाहालको उक्त निर्णयपछि नारायणकाजी असन्तुष्ट बनेको स्रोतको दाबी छ। गृह नपाएपछि श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने चर्चा पनि थियो। तर, श्रेष्ठले आफू परराष्ट्रमा नजाने अडान लिएपछि उनलाई भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सुम्पिएको हो।

शितलनिवासमा शपथ लिएर सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दा नै श्रेष्ठ आक्रोशित थिए। उनी त्यति खुशी थिएनन्। सो क्रममा उनले मन्त्रालयका कर्मचारीले पहिलो निर्णयको लागि तयार पारेको फाइलमा सुरुका दुई वटा निर्णयमा हस्ताक्षर नै गर्न नमानेको चर्चा भयो।

पछि तेस्रो बुँदाको निर्णयमा भने उनले हस्ताक्षर गरेका थिए। शपथ खाएकै दिन साँझ मन्त्रालय पुगेका उपप्रधानमन्त्री श्रेष्ठ दुई दिनदेखि मन्त्रालय नै गएका छैनन्। उनी हात्तिवनस्थित् आफ्नै निजी निवासमा भेटघाटमा व्यस्त रहेको जनाईएको छ।

मन्त्री श्रेष्ठले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई पनि उनको निवासमा पुगेर बधाई दिएका छैनन्। आज मन्त्रालयमा पुगेर सोध्दा मन्त्री श्रेष्ठ हिजो र आज दुवै दिन मन्त्रालय आएका छैनन्।

प्रधानमन्त्री दाहाल भने पदभार ग्रहण गरेको दिनदेखि नियमित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आउने गरेका छन्। प्रधानमन्त्री दाहाल यो समाचार तयार पार्दासम्म सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सेनाका प्रमुखसँग भेटवार्तामा छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...