News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहमन्त्री नपाएपछि रिसाएका नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएनन्

    हिमालीसंचार संवाददाता
    ३७६ पटक

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएका छैनन्। उनी शपथ खानुभन्दा अघि गृहमन्त्रालयमा जाने तयारीमा थिए।

    प्रधानमन्त्री दाहालले पनि उनलाई गृहकै लागि शपथ खान तयार हुन भनेका थिए। तर, संसद्को चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा दाबी गरेपछि दाहालले लामिछानेलाई नै गृहमन्त्री बनाए।

    दाहालको उक्त निर्णयपछि नारायणकाजी असन्तुष्ट बनेको स्रोतको दाबी छ। गृह नपाएपछि श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने चर्चा पनि थियो। तर, श्रेष्ठले आफू परराष्ट्रमा नजाने अडान लिएपछि उनलाई भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सुम्पिएको हो।

    शितलनिवासमा शपथ लिएर सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दा नै श्रेष्ठ आक्रोशित थिए। उनी त्यति खुशी थिएनन्। सो क्रममा उनले मन्त्रालयका कर्मचारीले पहिलो निर्णयको लागि तयार पारेको फाइलमा सुरुका दुई वटा निर्णयमा हस्ताक्षर नै गर्न नमानेको चर्चा भयो।

    पछि तेस्रो बुँदाको निर्णयमा भने उनले हस्ताक्षर गरेका थिए। शपथ खाएकै दिन साँझ मन्त्रालय पुगेका उपप्रधानमन्त्री श्रेष्ठ दुई दिनदेखि मन्त्रालय नै गएका छैनन्। उनी हात्तिवनस्थित् आफ्नै निजी निवासमा भेटघाटमा व्यस्त रहेको जनाईएको छ।

    मन्त्री श्रेष्ठले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई पनि उनको निवासमा पुगेर बधाई दिएका छैनन्। आज मन्त्रालयमा पुगेर सोध्दा मन्त्री श्रेष्ठ हिजो र आज दुवै दिन मन्त्रालय आएका छैनन्।

    प्रधानमन्त्री दाहाल भने पदभार ग्रहण गरेको दिनदेखि नियमित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आउने गरेका छन्। प्रधानमन्त्री दाहाल यो समाचार तयार पार्दासम्म सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सेनाका प्रमुखसँग भेटवार्तामा छन्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १०, २०८२ (अप्रिल २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै...

    १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको...

    तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

    काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त...

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही...