News Portal

प्रधानमन्त्रीसहित ८ मन्त्रीको सपथ ग्रहणमा सँगै ओली–नेपाल, तर गरेनन् हेराहेर !

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं। सोमबार राष्ट्रपति भवन शीतल निवासमा एउटा फरक दृश्य देखियो। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित ८ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेबाट छुट्टिएका माधवकुमार नेपाल पनि देखिए।

सपथ ग्रहण कार्यक्रममा दुवै जना सँगै बसेपनि एकअर्काबिच बोलेनन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मुखमा केही चपाएजस्तो देखिन्थे भने नेपाल गम्भीर मुद्रामा सपथ कार्यक्रम नियालिरहेका थिए। ओली भने दायाँबायाँ केही हेरे जस्तो गर्थे। तर, नेपाल भने एकटक एकतर्फीमात्र नियालिरहेका थिए।

प्रधानमन्त्री रहँदा ओलीले संसद् विघटनगरेपछि चिसिएको सम्बन्ध अन्ततः एमाले फुटमा पुगेको थियो। एमाले फुटेपछि नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दल दर्ता गरे। तर, मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपालको पार्टी राष्ट्रिय दल बन्न सकेन तर, प्रतिनिधिसभा र प्रदेशमा उपस्थित भने राम्रै राख्यो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...