News Portal

देउवा – नेपाल सोचेजस्ता रहेनछन् जता पनि अप्ठेरो पार्ने स्वभाव रहेछ : प्रचण्ड

हिमालीसंचार संवाददाता
२८९ पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखे र सोचेजस्ता व्यक्ति नरहेको टिप्पणी गरेका छन्।

पदाधिकारीको बैठकमा ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्डको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने, “माधव नेपाल मैले सोचेजस्ता रहेनछन्। समग्र प्रक्रियामा माधव नेपालको भूमिका ठिक भएन। जता पनि अप्ठेरो पार्ने उनको स्वभाव रहेछ।”

त्यसैगरी शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेको प्रचण्डको भनाई थियो। “देउवा पूर्वसहमतिबाट पछि हटे, माओवादीलाई धोका दिन खोजे,” उनको भनाई थियो, “हामीसँग गठबन्धन हुँदाहुँदै एमालेसँग मिल्न खोजे। समय घर्काएर आफैं प्रधानमन्त्री हुने र एमालेको समर्थन लिने उनको रणनीति थियो। यो सबै बुझेपछि हामीले नयाँ पहल थालेका हौँ।”

यसबीचमा एमालेसँग विभिन्न चरणमा कुराकानी भइरहेको दाहालको भनाई थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...