News Portal

देउवा – नेपाल सोचेजस्ता रहेनछन् जता पनि अप्ठेरो पार्ने स्वभाव रहेछ : प्रचण्ड

हिमालीसंचार संवाददाता
२५७ पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखे र सोचेजस्ता व्यक्ति नरहेको टिप्पणी गरेका छन्।

पदाधिकारीको बैठकमा ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्डको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने, “माधव नेपाल मैले सोचेजस्ता रहेनछन्। समग्र प्रक्रियामा माधव नेपालको भूमिका ठिक भएन। जता पनि अप्ठेरो पार्ने उनको स्वभाव रहेछ।”

त्यसैगरी शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेको प्रचण्डको भनाई थियो। “देउवा पूर्वसहमतिबाट पछि हटे, माओवादीलाई धोका दिन खोजे,” उनको भनाई थियो, “हामीसँग गठबन्धन हुँदाहुँदै एमालेसँग मिल्न खोजे। समय घर्काएर आफैं प्रधानमन्त्री हुने र एमालेको समर्थन लिने उनको रणनीति थियो। यो सबै बुझेपछि हामीले नयाँ पहल थालेका हौँ।”

यसबीचमा एमालेसँग विभिन्न चरणमा कुराकानी भइरहेको दाहालको भनाई थियो।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...