News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण कार्यक्रम भोली

    हिमालीसंचार संवाददाता
    २१५ पटक

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो । 

    प्रचण्डले दर्ता गरेका निवेदनमा भनिएको छ; ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दाबी पेस गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको ब्यहोरा अनुरोध गर्दछौं । हामी हस्ताक्षरकर्ता दलहरूले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य संख्या कुल प्रतिनिधि सभा सदस्य सङ्ख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गरिदिनुहुन अनुरोध छ।’

    निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ । संसदमा एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ साथै जसपाको १२ सांसद रहेका छन् ।                 

    त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साहले समेत शीतलनिवासमा पुगेर माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका थिए ।​ उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १०, २०८२ (अप्रिल २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै...

    १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको...

    तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

    काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त...

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही...