काठमाडौं – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोककुमार राई राजनीतिक छलफलपछि बालकोटबाट निस्किएका छन्। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको चार दलको बैठकमा सहभागी भएर उनी बालकोटबाट बाहिरिएका हुन।
बालकोटमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुबीच सत्ता समीकरणको विषयमा छलफल भएको स्रोतले बताए। बालकोटमा जसपा नेपालका संधीय परिषद् अध्यक्ष राई बैंठकमा आफ्नो धारणा राखेर बाहिरिएका हुन्।
जसपा नेपालका संधाय परिषद् अध्यक्ष राई संसदीय दलको नेता हुने प्रवल सम्भावना छ। तर, उनले अर्का अध्यक्ष यादवसँग आवश्यक सल्लाहपछि मात्रै सत्तामा जाने नजाने निर्णय लिने बताए।