News Portal

एमाले र कांग्रेसले मिलेर सरकार बनाउनु उपयुक्त : सूर्य थापा

हिमालीसंचार संवाददाता
२२९ पटक

काठमाडौं। नेकपा एमालेका सांसद सूर्य थापाले का‌ंग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्। मुुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका हुन्।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको नेतृत्वमा बन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘सरकारको नेतृत्वमा को आउनुहुन्छ? कांग्रेस आउनुहुन्छ कि माओवादी केन्द्रको आउनुहुन्छ कि। अब ठूला शक्ति भएको हुनाले कांग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दीर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ।’

सांसद थापाले मुलुकको दीर्घकालीन हितकेन्द्रित भएर राजनीतिक दलहरू अघि बढ्नुपर्ने धारणा राखे। उनी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...