News Portal

राप्रपाको समानुपातिकबाट सांसद बने राणा

हिमालीसंचार संवाददाता
३७६ पटक

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पशुपति शमशेर जबरालाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। क्लस्टर मिलाएर निर्वाचन आयोगमा समानुपातिक सूची तयार गर्ने क्रममा प्रतिनिधि सभाको समानुपातिकतर्फ पुरूषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

शनिवार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दोस्रो पुरूषको नामका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्रलाई लिङ्देनले दिइएको उनले बताए।

राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ ७ सीट पाएको छ। त्यसमध्ये ५ जना महिला र २ जना पुरुषको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने छ।

राप्रपाले सामानुपातिक सांसद बनाउने भएको जबरा लगातार तेस्रो पटक चुनाव हारेपछि समानुपातिक सांसद बन्ने भएका हुन्।राणा २०३८ सालदेखि निर्वाचनमा उम्मेदवार हुन थालेका हुन्। त्यसयता २०६४ सालसम्म उनले निरन्तर चुनाव जित्दै आएका थिए।

२०६४ को पहिलो संविधानसभा चुनावमा सिन्धुपाल्चोक–३ बाट माओवादी केन्द्रका दावा तामाङले चुनाव जितेका थिए। राणा भने तेस्रो स्थानमा सीमित भएका थिए।

२०७० को संविधान सभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग राणा पराजित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राणा कांग्रेसको सहयोगमा उम्मेदवार भएपनि तत्कालीन वाम गठबन्धनका उम्मेदवार तामाङसँग पराजित भएका थिए।

यस पटक भने राणाले प्रत्यक्ष उम्मेदवार बन्ने रुची देखाएनन् र समानुपातिक रोजे। अन्ततः उनी सामानुपातिकतर्फबाट सांसद बन्ने भएका छन्। राणा उमेरले ८१ वर्षका भए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...