News Portal

  • राप्रपाको समानुपातिकबाट सांसद बने राणा

    हिमालीसंचार संवाददाता
    २८० पटक

    काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पशुपति शमशेर जबरालाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। क्लस्टर मिलाएर निर्वाचन आयोगमा समानुपातिक सूची तयार गर्ने क्रममा प्रतिनिधि सभाको समानुपातिकतर्फ पुरूषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    शनिवार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दोस्रो पुरूषको नामका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्रलाई लिङ्देनले दिइएको उनले बताए।

    राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ ७ सीट पाएको छ। त्यसमध्ये ५ जना महिला र २ जना पुरुषको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने छ।

    राप्रपाले सामानुपातिक सांसद बनाउने भएको जबरा लगातार तेस्रो पटक चुनाव हारेपछि समानुपातिक सांसद बन्ने भएका हुन्।राणा २०३८ सालदेखि निर्वाचनमा उम्मेदवार हुन थालेका हुन्। त्यसयता २०६४ सालसम्म उनले निरन्तर चुनाव जित्दै आएका थिए।

    २०६४ को पहिलो संविधानसभा चुनावमा सिन्धुपाल्चोक–३ बाट माओवादी केन्द्रका दावा तामाङले चुनाव जितेका थिए। राणा भने तेस्रो स्थानमा सीमित भएका थिए।

    २०७० को संविधान सभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग राणा पराजित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राणा कांग्रेसको सहयोगमा उम्मेदवार भएपनि तत्कालीन वाम गठबन्धनका उम्मेदवार तामाङसँग पराजित भएका थिए।

    यस पटक भने राणाले प्रत्यक्ष उम्मेदवार बन्ने रुची देखाएनन् र समानुपातिक रोजे। अन्ततः उनी सामानुपातिकतर्फबाट सांसद बन्ने भएका छन्। राणा उमेरले ८१ वर्षका भए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...

    देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

    काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि...

    प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

    काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको...

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...