News Portal

मुलुकमा संघीयताको औचित्य छैन : महासचिव विप्लव

हिमालीसंचार संवाददाता
२२६ पटक

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन्।

कपिलवस्तुमा आयोजित कार्यक्रममा बोल्दै नेता विप्लवले वर्तमान संघीयता जनताका लागि नभई नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको बताएका हुन्।

साक्षात्कार कार्यक्रममा महासचिव चन्दले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको बताए। उनले राज्य आर्थिक संकटको भुमरीमा फसेकोले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने उल्लेख गरे।

उनले आफूहरूले थालेको क्रान्ती मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ती गरी देशको स्वाधीन अर्थतन्त्रको क्रान्ती गरेको प्रष्ट पारे।

महासचिव चन्दले भर्खरै सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी, उल्लास नछाएको भन्दै दल र दलका नेताहरू सुध्रिनुपर्नेमा जोड दिए।

उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा तीन बुँदे सहमति भएको र वर्तमान सरकारसँग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...