News Portal

महाअभियोग निष्प्रभावीको पत्र संसद सचिवालयको विकृतिः भीम रावल

हिमालीसंचार संवाददाता
२५२ पटक

ईश्वरी बराल,
काठमाडौँ। महाअभियोगपछि निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा काममा फर्किन पाउने गरी संसद सचिवालयले पत्राचार गरेपछि एकाएक राजनीति तरंगित भएको छ।

प्रतिनिधिसभाका लागि नयाँ सदस्य चुनिएको भन्दै महाअभियोग प्रस्तावका कारण भएको राणाको निलम्बन निष्प्रभावी भएको पत्र प्राप्त भएको भन्दै राणाले बुधबार सर्वोच्च फर्कने तयारीमा गरेका थिए।

संसद सचिवालयको पत्र कार्यान्वयन गर्न सर्वोच्चले भने आनाकानी गरेर उल्टै स्पष्टीकरणको माग गरेको छ। उनलाई रोक्न सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीले धर्ना दिएका थिए।

राणाविरुद्ध गत फागुन १ गते सत्ता गठबन्धनका ९८ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्। माओवादीका देवप्रसाद गुरुङ, कांग्रेसकी पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठको प्रस्तावमा उक्त महाअभियोग प्रस्ताव दर्ता भएको हो।

मंसिर ४ को आम निर्वाचनमा गुरुङ, भुसाल र श्रेष्ठ तीनै जना प्रतिनिधिसभा सदस्यमा पराजित भए।

निर्वाचनमा लड्न एमालेले टिकट नदिएपछि रुष्ट बनेका नेता भीम रावलले संसद सचिवालयले खास व्यक्तिले खास स्वार्थको लागि निर्णय लिएको बताएका छन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...