News Portal

एमालेसँगको सहकार्य सकियो: उपेन्द्र यादव

हिमालीसंचार संवाददाता
३१५ पटक

विनोद सुवेदी,विराटनगर। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यादवले निर्वाचनमा एमालेसँग केहि सिटमा तालमेल गरेको र निर्वाचनसकिएसँगै सहकार्य पनि सकिएको बताए।

जनता समाजवादी पार्टी सरकारको नेतृत्व गर्ने दलको नीति र आफूहरूले उठाउँदै आएका मुद्धा सम्बोधनको विषयलाई हेरेर कसलाई समर्थन गर्ने भन्ने निक्यौल गर्ने बताए।

‘चुनावमा एमालेसँग केहि सिटमा तालमेल गरेका थियौ’ यादवले भने‘ चुनाव सकिएसँगै एमालेसँगको सहकार्य पनि सकियो।’ उनले अब, नयाँ धरातलमा कसरी अघि बढ्ने भन्ने नीति पार्टीले लिने बताए।

यादवले निर्वाचनको पुरै नतिजा आइनसकेकाले जसपाले अहिलै सरकारमा जाने नजाने निर्णय गरिनसकेको स्पष्ट पारे। उनले देशैभर एउटै नीतिबाट जसपा अघि बढ्ने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...