News Portal

  • एमालेसँगको सहकार्य सकियो: उपेन्द्र यादव

    हिमालीसंचार संवाददाता
    २५९ पटक

    विनोद सुवेदी,विराटनगर। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको बताएका छन्।

    आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यादवले निर्वाचनमा एमालेसँग केहि सिटमा तालमेल गरेको र निर्वाचनसकिएसँगै सहकार्य पनि सकिएको बताए।

    जनता समाजवादी पार्टी सरकारको नेतृत्व गर्ने दलको नीति र आफूहरूले उठाउँदै आएका मुद्धा सम्बोधनको विषयलाई हेरेर कसलाई समर्थन गर्ने भन्ने निक्यौल गर्ने बताए।

    ‘चुनावमा एमालेसँग केहि सिटमा तालमेल गरेका थियौ’ यादवले भने‘ चुनाव सकिएसँगै एमालेसँगको सहकार्य पनि सकियो।’ उनले अब, नयाँ धरातलमा कसरी अघि बढ्ने भन्ने नीति पार्टीले लिने बताए।

    यादवले निर्वाचनको पुरै नतिजा आइनसकेकाले जसपाले अहिलै सरकारमा जाने नजाने निर्णय गरिनसकेको स्पष्ट पारे। उनले देशैभर एउटै नीतिबाट जसपा अघि बढ्ने बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...