News Portal

सुनसरी-१ प्रतिनिधिसभा तर्फको मतपरिणाम सार्वजनिक: राष्ट्रिय स्वतन्त्र पार्टीले लियो अग्रता (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२१२३ पटक

धरान – सुनसरी १ प्रतिनिधिसभा सदस्यतर्फको कुल १९,६९३ मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी गोमा तामाङ (शरिन)ले ३,६८७ मत प्राप्त गरी मतान्तर बढाउदै अग्रता लिएकी छिन्। 

त्यस्तै, लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले ३,६०० मत प्राप्त गरी झिनो ८७ मतान्तरले दोस्रो स्थानमा झरेका छन्। एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले ३,३७५ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। 

एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा २,५४२ मत, राप्रपाका अशोककुमार राई (अविरल)ले १,९५१ मत र स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले सूर्यमुखी फूल चुनाव चिन्हमा १,३५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सभागृह धरान सुनसरीले जनाएको छ। 

त्यस्तै, जनमत पार्टीका फत्तबहादुर खड्काको चुनाव चिन्ह्र लाउड स्पिकर-७० मत, किरात खम्बुवान साझा पार्टीका देविबहादुर राईको चुनाव चिन्ह्र ढाका टोपी-२३ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर श्रेष्ठको चुनाव चिन्ह्र कुखुराको भाले-४३ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सरस्वती सुब्बा चुनाव चिन्ह्र दाप सहितको खुकुरी-१३७ मत प्राप्त गरेका छन्। 

यस्तै, जनसमाजवादी पार्टी नेपालका मंगल सिंह लिम्बुको चुनाव चिन्ह्र पाचकुने तारा-८० मत, स्वतन्त्र उम्मदेवार करुणा राईको चुनाव चिन्ह्र पानीको फिल्टर-४९ मत, स्वतन्त्र उम्मदवार जीवनकला राईको चुनाव चिन्ह्र पोते सहितको तिलहरी-१२, स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जार-७१७ मत, स्वतन्त्र उम्मेदवार वासु प्रसाद उपाध्याय (चालिसे)को चुनाव चिन्ह्र पुतली-२३ मत, स्वतन्त्र उम्मेदवार विजयकुमार राईको चुनाव चिन्ह्र छत्रे टोपी-२१ मत र स्वतन्त्र उम्मेदवार संजयकुमार राईको चुनाव चिन्ह्र सेलरोटीको चाङ-५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जनाएको छ। 

सुनसरी-१ (क) प्रदेशसभा तर्फ एमालेले लियो अग्रता (भिडियो सहित)

प्रदेशसभा तर्फ कुल १९,७७९ मतगणना हुदा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले ५,९९८ मत प्राप्त गरी अग्रता लिएका छन् भने नेपाली कांग्रेसका उमेश थापाले ५,२०८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका उद्धव श्रेष्ठले ४,०८० मत, स्वतन्त्र उम्मेदवार समिर तामाङले १,५३९ प्राप्त गरेका छन्। 

त्यस्तै, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोलामान बर्देवाले ४५१ मत, हाम्रो नेपाली पार्टीका विजय कालीकोटेले ६१० मत, किरात खम्बुवान साझा पार्टीका शुरेशकुमार राईले ५१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका भीमबहादुर लिम्बुले १३२ मत, स्वतन्त्र उम्मेदवार खगेन्द्र श्रेष्ठले ६११ मत, स्वतन्त्र उम्मेदवार गोमा राईले – १० मत, स्वतन्त्र टंकबहादुर विश्वकर्माले – ८ मत, स्वतन्त्र उम्मेदवार पदमबहादुर कार्कीले – १८ मत, स्वतन्त्र उम्मेदवार माया विश्वकर्माले – ६८ मत र स्वतन्त्र उम्मेदवार सुमित्रा राईले – २८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...