News Portal

दुई दशकदेखि खोलाको पानी पिउन बाध्य

७४३ पटक

भीमदत्तनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटाका पदमसिंह धामी विगत दुई दशकअघिदेखि घरभन्दा एक किलोमिटर पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्नुहुन्छ । विसं २०५८ मा यहाँ बसोबास गर्दै आउनुभका धामीले लामो समय बित्दा आफूले अझै पनि सहजरुपमा गाउँमा पानी नपाएको गुनासो गर्नुभयो ।

“यतिका वर्षसम्म हामीले खोलाको दूषित पानीले प्यास मेटाउँदै छौँ भन्दा सहजै पत्याउनु हुन्न होला” धामीले भन्नुभयो, “खोला सुक्दा पानीको समस्या हुन्छ । दैनिक घरमा एक जनाको समय पानी ढुवानीमै खर्च हुन्छ । ”

“अब त सिंहदरबार नै गाउँमा आएको छ भन्थे ।” धामीले भन्नुभयो, “यहाँ त सामान्य मौलिक अधिकारको पनि उपभोग गर्न पाएका छैनौँ ।” पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर उत्तरमा रहेको उक्त गाउँमा पानी मात्रै होइन, त्यहाँ शिक्षा, स्वास्थ्य, सडक, बिजुलीको सुविधा पनि छैन ।
निर्वाचनका बेला विभिन्न दलका नेताको देशलाई नै समृद्ध बनाउने नारा र आश्वसान धेरै सुन्यौँ । धामीले भन्नुभयो, “तर हामीलाई हिँड्ने गोरेटो बाटोसम्म सरकारले बनाइदिएको छैन ।” “शहरको विकास देखेर समृद्धिको गफ दिएर केही हँुदैन ।”

चार सयभन्दा बढी परिवार आश्रित पिल्लरीफाँटामा सरकारी उपस्थितिका नाममा एउटा प्राथमिक विद्यालय मात्रै छ । गाउँमा पानीको समस्या भएपछि संयुक्त दर्शन नेपाल नामक संस्थाले बोरिङ र सानो ट्याङ्की बनाउन सहयोग गरेको थियो ।

उक्त संस्थाको रु १७ लाख सहयोग र स्थानीयवासीको रु पाँच लाख श्रमदानमा खानेपानीको ट्याङ्की निर्माण भएको छ । धामीले भन्नुभयो, “स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्षभन्दा बढी समय भइसक्दासमेत गाउँमा केही सहयोग भएको छैन ।”

“पानी तान्नसमेत जेनेरेटर चलाएको प्रतियुनिट रु ३० रु तिर्नुपर्ने भएकाले यसका लागि सोलार जडान गर्न वडा कार्यालयसंग गुहार मागेका छौँ ।” वैजनाथ खानेपानी उपभोक्ता समितिका सचिव मोहनप्रसाद भट्टले भन्नुभयो, “त्यै खोलाको पिउँदा विभिन्न प्रकारका रोग समेत लाग्ने गरेको छ । ” बोरिङबाट पानी तान्ने व्यवस्था भए पनि प्राविधिक कारणले विभिन्न समस्या आउने गरेको र बस्तीको १५० परिवारलाई मात्र पानी पु¥याउन सकिएको उहाँको भनाइ थियो ।

निर्वाचनका बेला गाउँमा पुगेर नेताले खानेपानी, सिचाँइ, बिजुली बत्ती पु¥याउनले प्रतिबद्धता व्यक्त गरे पनि केही नपाएको स्थानीयवासीको गुनासो छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जिल्ला खानेपानी कार्यालयबाट पिल्लरीफाँटामा खानेपानीका लागि सर्वेक्षण भइरहेको बताउनुभयो ।

“पिल्लरीफाँटामा खानेपानी पु¥याउने योजना बने पनि कार्यान्वयन हुन सकेको छैन ।” उहाँले भन्नुभयो, “नगरपालिकाले केही मात्रामा भए पनि सहयोग गरेको छ ।” चालू आवभित्रै पिल्लरीफाँटामा बत्ती पु¥याउने लक्ष्य नगरपालिकाले लिए पनि वन कार्यालयबाट प्रक्रिया मिलाउन अवरोध भइरहेको उहाँको भनाइ थियो । रासस

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...