News Portal

एमालेकी करिष्माले राप्रपाकी नेतृ रेखा थापाको पक्षमा भोट मागिन्

हिमालीसंचार संवाददाता
३११ पटक

धरान – आगामी मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरु दलबल सहित घर दैलो कार्यक्रममा छन्। एमालेकी करिष्मा मानन्धरले मोरङ क्षेत्र नं. ३ मा उम्मेदवार नेतृ रेखा थापाको पक्षमा भोट मागेकी छिन्।

मोरङ क्षेत्र नं. ३ बाट राप्रपाकी उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाको चर्चा पनि यसपटक ह्वात्तै बढेको छ । चलचित्र क्षेत्रकै अन्य कलाकारले अभिनेत्री थापाका पक्षमा खुलेरै भोट मागिरहेका छन् । एमालेकी अभिनेत्री करिश्मा मानन्धरले पनी रेखालाई खुलेरै भोट मागेकी छन् । कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै मानन्धरले सामाजिक सञ्जाल फेसबुक मार्फत थापाकी पक्षमा भोट मागेकी हुन् ।

‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो । यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु ।’ उनले लेखेकी छिन्।

एमालेका उम्मेदवार ईश्वर पोखरेल, नवराज सिलवाल सहित घरदैलो कार्यक्रममा व्यस्त रहेकी अभिनेत्री मानन्धरले खुलेरै थापाको पक्षमा भोट मागेकी हुन्। रेखासहित अन्य कलाकारहरु पनि यतिबेला मोरङ क्षेत्र नं. ३ मा घरदैलो कार्यक्रममा व्यस्त छिन्।  

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...