News Portal

शाक्यको पक्षमा जनलहर बढ्दै, एक पटक अवसर दिन आग्रह

हिमालीसंचार संवाददाता
३३० पटक

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद शाक्यले विकास निर्माणको लागि एक पटक आफुलाई अवसर दिन आग्रह गरेका छन्।

निर्वाचन प्रचार प्रचारको क्रममा जनतामाझ शाक्यले जनताका स–साना मुद्दालाई प्रमुख प्रथामिकताका साथ उठाउने प्रतिवद्धता व्यक्त गरेका छन्। शाक्यले जिल्लामा रहेको भूमिहिनको समस्या, सडक निर्माण, विद्युत, खानेपानी, ढल निकास जस्ता कुराहरुलाई प्रमुख एजेण्डा बनाएको बताएका छन्।

आफु निर्वाचित भएमा प्रदेशसभाबाट हुन सक्ने ऐन कानून निर्माण अन्य व्यवस्थापकिय पक्षमा जोडदार रुपमा लाग्ने भनेका छन्। कांग्रेस नेता शाक्यसंगै नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल चुनावी मैदानमा छन्।

यस अघि निर्वाचित भएर कंडेलले आफ्नो क्षेत्रको लागि केहि पनि गर्न नसकेको भन्दै शाक्यले यस पटक आफुलाई निर्वाचित गराउन मतदातालाई आग्रह गरिरहेका छन्।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदशसभा (क)बाट २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट यामलाल कंडेल निर्वाचित भएका थिए।

कंडेललाई जनताले पटकपटक अवसर दिएपनि सत्ता र शक्तिको लोपमा समग्र वीरेन्द्रनगरलाई नै ओझेलमा पारेको शाक्यको आरोप छ। यसपटक पार्टी भन्दा माथि उठेर आफुलाई भोट दिन आग्रह समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...