News Portal

  • स्वतन्त्र नागरिक समाजको बृहत आमसभा सम्पन्न, ओलीप्रति आक्रोश र वडाध्यक्षहरुलाई दिए वडा बन्द चेतावनी (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २६१ पटक

    धरान – धरानको भानुचोकमा स्वतन्त्र नागरिक समाजद्वारा आयोजित बृहत आमसभामा सहभागी कवि, कलाकार र सामाजिक अभियन्ताहरुले एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश पोखे भने धरानका वडाध्यक्षहरुलाई वडाकार्यालय बन्द गर्ने चेतावनी दिए । 

    स्वतन्त्र नागरिक समाजद्वारा आयोजित बृहत आमसभामा सहभागी भएका सामाजिक अभियन्ता, कवि र कलाकारहरुले एमाले अध्यक्ष केपी ओलीले धराने जनताको अपमान गरेको आरोप लगाउदै घोर आपति जनाएका थिए। साहित्यकार तथा कवि सूर्यबहादुर बसनेतले केपी ओलीप्रति लक्षित व्यंग्यात्मक “धराने जनतामा अपील! र बर्दली बा” दुई वटा चोटिला कविता बाचन गरेर सुनाएका थिए। 

    त्यस्तै, धरान उपमहानगरपालिका धरानको कार्यपालिकाको बैठक निरन्तर अबरुद्ध गरिरहेका वडाध्यक्षहरुलाई स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष दिनेश बान्तावाले फेरी कार्यपालिका बैंठक निरन्तर अबरुद्ध गरिरहे धराने जनताले वडाकार्यालय बन्द गर्न नपरोस् भन्दै चेतावनी दिएका थिए। 

    मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हर्क साम्पाङ समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले भानुचोकमा आयोजित कार्यक्रममा आफ्नो धोषणा पत्र सहित धारणा राखेका थिए। 

    सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवारका टोली सहित निर्वाचन परिचालन कमिटीका सदस्यहरुको टोलीले भानुचोक केन्द्रित सरसफाई अभियान सहित बजार क्षेत्रमा रहेका सार्वजनिक शौचालयको सरसफाईपछि भानुचोकमा आयोजित बृहत सभामा सहभागी भएका थिए। 

    मेयर हर्क साम्पाङले आह्वान गरेका श्रमदान अभियानमा निरन्तर सहभागी हुदै आएका हर्क साम्पाङ समुहका उम्मेदवारहरुले हिजो भानुचोकको चार दिशाबाट भानुचोक केन्द्रित रहेर सफा धरान, सुन्दर धरान बनाउने अभियान अन्तरगत जनचेतना जगाउने उदेश्य सहित सरसफाई गरेको सचेत धराने समुहका सदस्यहरुले  बताए। 

    बजार क्षेत्रका घर आगन, पसलहरु अगाडी फोहोर-मैला व्यवस्थापन र विसर्जन गर्न सिकाउदै, फोहोर-मैलाका लागि गार्बेज ब्याग वितरण समेत गरेका निर्वाचन परिचालन कमिटीले बाटोमा फोहोर नफाल्न सचेत गराउदै जरिवानाबाट बचौ र शहर सफा राखौ भन्ने सन्देश समेत प्रवाह गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २४ गतेको राशिफल

    आज असोज २४, २०८२ (अक्टोबर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...