News Portal

  • हर्क साम्पाङ समुहका स्वतन्त्र उम्मेदवारले गरे सडक र शौचालय सफाई (भिडियोसहित)

    हिमालीसंचार संवाददाता
    ३२५ पटक

    धरान – आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हर्क साम्पाङ समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले भानुचोक बजार क्षेत्रमा सरसफाई गरेपछि भानुचोकमा आयोजित चुनावी आमसभा गरेका छन्। 

    सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवारका टोली सहित निर्वाचन परिचालन समितिका सदस्यहरुको टोलीले रागा चोकदेखि भानुचोकसम्म, सदन स्कुलदेखि भानुचोकसम्म, छाता चोकदेखि भानुचोकसम्म र राजेश पेट्रेल पम्पदेखि भानुचोकसम्म र बजार क्षेत्रमा रहेका सार्वजनिक शौचालयको सरसफाईपछि भानुचोकमा आयोजित चुनावी सभामा सहभागि भएका थिए। 

    मेयर हर्क साम्पाङले आह्वान गरेका श्रमदान अभियानमा निरन्तर सहभागी हुदै आएका हर्क साम्पाङ समुहका उम्मेदवारहरुले आज भानुचोकको चार दिशाबाट भानुचोक केन्द्रित रहेर सफा धरान, सुन्दर धरान बनाउने अभियान अन्तरगत जनचेतना जगाउने उदेश्य सहित सरसफाई गरेको उम्मेदवारहरुले बताए। 

    बजार क्षेत्रका घर आगन, पसलहरु अगाडी फोहोर-मैला व्यवस्थापन र विसर्जन गर्न सिकाउदै, फोहोर-मैलाका लागि गार्बेज ब्याग वितरणसमेत गरेका निर्वाचन परिचालन कमिटीले बाटोमा फोहोर नफाल्न सचेत गराउदै जरिवानाबाट बचौ र शहर सफा राखौ भन्ने सन्देशसमेत प्रवाह गरेका थिए।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २४ गतेको राशिफल

    आज असोज २४, २०८२ (अक्टोबर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...