News Portal

भूमिहिनको समस्या समाधान गर्ने नेता शाक्यको योजना

हिमालीसंचार संवाददाता
४१५ पटक

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद शाक्य यतिखेर चुनावी मैदानमा छन्। शाक्यले जिल्लामा रहेको भूमिहिनको समस्यालाई प्रमुख एजेण्डाको रुपमा उठाउने बताएका छन्।

यस अघि सुर्खेतको सुकुम्बासी समस्या समाधान आयोग अध्यक्षसमेत भएका शाक्यले भूमिहिन, सुकुम्बासी समस्या पूर्ण रुपमा व्यवस्थापन गर्ने आफुसंग योजना रहेको बताएका छन्। कर्णाली प्रदेशका १० जिल्ला मध्ये सुर्खेतका भूमिहिन, सुकुम्बासीको समस्या अत्याधिक छ।

साथै उनले वीरेन्द्रनगर उपत्यकाको ढल व्यवस्थापन सहितको परियोजना सञ्चालन गर्ने, कोहलपुर–सुर्खेत १ सय ३२ केभि प्रशारणलाईन निर्माणलाईसमेत आफ्नो प्रमुख ध्यान केन्द्रित हुने बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा रहेको खानेपानीको समस्या, फोहोर व्यवस्थापन, युवाहरुलाई रोजगार, पर्यटक, कृषिबाली प्रवद्र्धन गर्नको लागि आफुलाई निर्वाचित गराउन शाक्यले आग्रह गरेका छन्।

कांग्रेस नेता शाक्यसंगै नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल चुनावी मैदानमा छन्। यस अघि निर्वाचित भएर कंडेलले आफ्नो क्षेत्रको लागि केहि पनि गर्न नसकेको भन्दै शाक्यले यस पटक आफुलाई निर्वाचित गराउन मतदातालाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...