News Portal

“जनताले के भन्छ, नेकपा एमाले ले भन्छ” गीतमा छमछमी नाँचे कमल थापा दम्पती

हिमालीसंचार संवाददाता
३५० पटक

हेटौँडा। मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कमल थापाले नेकपा एमालेको चुनावी गीतमा छमछमी नाचेका छन्। उनीसँगै उनकी पत्नी पनि नाँचेको भिडियो भाइरल बनेको छ।

नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएका थापाले ‘जनताले के भन्छ, नेकपा एमाले ले भन्छ’ भन्ने गीतमा पत्नी प्रलिता थापासहित छमछमी नाचेका हुन्।

मकवानपुरको वागमती गाउँपालिकामा भएको कार्यक्रममा नेकपा एमालेको जनसांस्कृतिक महासंघका आशाकाजी श्रेष्ठको टिमले गाएको गीतमा थापा दम्पती एवम् प्रदेशसभा उम्मेद्वार कमल विष्टले पनि कम्मर मर्काएका थिए।

एमालेको तर्फबाट चुनावी अभियानमा होमिएका थापाले एमालेका यस्तैखाले माया र स्नेह रहे निर्वाचनपछि पनि तपाईहरुसँगै अलमलिन सक्ने भन्दै एमाले प्रवेशको समेत संकेत गर्ने गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...