News Portal

“जनताले के भन्छ, नेकपा एमाले ले भन्छ” गीतमा छमछमी नाँचे कमल थापा दम्पती

हिमालीसंचार संवाददाता
३१० पटक

हेटौँडा। मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कमल थापाले नेकपा एमालेको चुनावी गीतमा छमछमी नाचेका छन्। उनीसँगै उनकी पत्नी पनि नाँचेको भिडियो भाइरल बनेको छ।

नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएका थापाले ‘जनताले के भन्छ, नेकपा एमाले ले भन्छ’ भन्ने गीतमा पत्नी प्रलिता थापासहित छमछमी नाचेका हुन्।

मकवानपुरको वागमती गाउँपालिकामा भएको कार्यक्रममा नेकपा एमालेको जनसांस्कृतिक महासंघका आशाकाजी श्रेष्ठको टिमले गाएको गीतमा थापा दम्पती एवम् प्रदेशसभा उम्मेद्वार कमल विष्टले पनि कम्मर मर्काएका थिए।

एमालेको तर्फबाट चुनावी अभियानमा होमिएका थापाले एमालेका यस्तैखाले माया र स्नेह रहे निर्वाचनपछि पनि तपाईहरुसँगै अलमलिन सक्ने भन्दै एमाले प्रवेशको समेत संकेत गर्ने गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...