News Portal

राप्रपाको राजनीतिक मैदानमा मनिषा कोइराला

हिमालीसंचार संवाददाता
३९४ पटक

सरोज बैजु, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रचारलाई तीव्र पारेको छ। देशका केही क्षेत्रमा नेकपा एमालेसँग तालमेल गरेको राप्रपा काठमाडौं-१ मा एक्लै चुनावी मैदानमा छ।

राप्रपाले शुक्रबार काठमाडौंको वसन्तपुरमा चुनावी सभा गर्यो। उक्त सभामा काठमाडौं-१ का उम्मेदवार रवीन्द्र मिश्रले लामो भाषण गरेर आफूलाई मत माग्ने कोसिस गरे।

ठूला दलहरु बिग्रिसकेको निष्कर्ष सुनाउँदै उनले अब राप्रपाले मात्रै देशको सही एजेन्डा अघि बढाउन सक्ने तर्क उनले गरे।

झापा-३ मा आफ्नो चुनावी प्रचार छाडेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि कार्यक्रममा सहभागी भएर मन्तव्य दिए।

यो भन्दा पनि आकर्षक कुरा चाहिँ यो सभामा बलिउड अभिनेत्री मनिषा कोइराला सहभागी थिइन्।

उनले आफूलाई राजावादी पार्टी राप्रापामा खुलाउँदै भोट मागिन्। मनिषाले आफ्ना हजुरबा बीपी कोइरालाको विचार राप्रपाले बोकेकाले आफू साथ दिन आएको बताइन्।

भर्खरै राप्रपा प्रवेश गरेर काठमाडौं-१ मा आफूलाई फेरि परीक्षण गराइरहेका मिश्रलाई साथ दिन मनिषा पनि उत्रिएपछि यहाँका चुनावी माहोल रोचक भएको छ।

शुक्रबार वसन्तपुर डबलीमा मनिषा त्यहाँ उपस्थितहरुका लागि आकर्षणकी पात्र मात्रै भइनन् राजनीतिक भाषण पनि दिइन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...