News Portal

राप्रपाको राजनीतिक मैदानमा मनिषा कोइराला

हिमालीसंचार संवाददाता
३४२ पटक

सरोज बैजु, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रचारलाई तीव्र पारेको छ। देशका केही क्षेत्रमा नेकपा एमालेसँग तालमेल गरेको राप्रपा काठमाडौं-१ मा एक्लै चुनावी मैदानमा छ।

राप्रपाले शुक्रबार काठमाडौंको वसन्तपुरमा चुनावी सभा गर्यो। उक्त सभामा काठमाडौं-१ का उम्मेदवार रवीन्द्र मिश्रले लामो भाषण गरेर आफूलाई मत माग्ने कोसिस गरे।

ठूला दलहरु बिग्रिसकेको निष्कर्ष सुनाउँदै उनले अब राप्रपाले मात्रै देशको सही एजेन्डा अघि बढाउन सक्ने तर्क उनले गरे।

झापा-३ मा आफ्नो चुनावी प्रचार छाडेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि कार्यक्रममा सहभागी भएर मन्तव्य दिए।

यो भन्दा पनि आकर्षक कुरा चाहिँ यो सभामा बलिउड अभिनेत्री मनिषा कोइराला सहभागी थिइन्।

उनले आफूलाई राजावादी पार्टी राप्रापामा खुलाउँदै भोट मागिन्। मनिषाले आफ्ना हजुरबा बीपी कोइरालाको विचार राप्रपाले बोकेकाले आफू साथ दिन आएको बताइन्।

भर्खरै राप्रपा प्रवेश गरेर काठमाडौं-१ मा आफूलाई फेरि परीक्षण गराइरहेका मिश्रलाई साथ दिन मनिषा पनि उत्रिएपछि यहाँका चुनावी माहोल रोचक भएको छ।

शुक्रबार वसन्तपुर डबलीमा मनिषा त्यहाँ उपस्थितहरुका लागि आकर्षणकी पात्र मात्रै भइनन् राजनीतिक भाषण पनि दिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...