News Portal

  • एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिमका तीन स्थानको चुनावी सभालाई सम्बोधन गर्ने

    हिमालीसंचार संवाददाता
    २०६ पटक

    काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाने कार्यक्रम रहेको छ ।  गत कात्तिक १८ गते दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका ओली हिजो पुर्वाञ्चलको धरानमा सम्बोधन गरेका थिए। उनी धरानको सम्बोधनपछि सुदूरपश्चिम जान लागेका हुन् ।

    नेकपा (एमाले) सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज सुदूरपश्चिमका विभिन्न तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । अध्यक्ष ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए।

    शीर्ष नेताहरुले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि मुलुकका विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गरिरहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...