News Portal

धरानका मेयर साम्पाङले एमाले अध्यक्ष ओलीलाई फर्काए जबाफ

हिमालीसंचार संवाददाता
४७६ पटक

धरान – धरानका मेयर हर्क साम्पाङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई तुरुन्तै तिखो जबाफ फर्काएका छन्।

नेकपा (एमाले) र जसपा नेपालले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न धरान आइ पुगेका अध्यक्ष ओलीले कोशीको पानी एमालेले धरानमा ल्याउने बताएका थिए। अझ उत्साहित हुदै मंसिर ४ पछि लगत्तै आयोजना सुरु गर्ने समेत बताएका अध्यक्ष ओलीलाई मेयर साम्पाङले जबाफ फर्काएका हुन् । 

अध्यक्ष ओलीले आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए; “धरानमा राष्ट्रिय बजेट राष्ट्रिय योजना चाहिन्छ। एमालेको सरकार चाहिन्छ। नगरको बजेटले त्यो हुन्छ त ? नगरको बजेटले त्यो हुदैन। म केहि भन्दिन अब छान्ने बेला आखा देख्नु भएन। मंसिर ४ पछि काम शुरु गर्ने छौ। आयोजना अधि बढाउने छौ।”

मेयर साम्पाङले जबाफमा सामाजिक संजाल फेसबुक पेज मार्फत तिखो जबाफ फर्काएका छन्। “ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिंदा हुन्छ हाउडेले!”

हाउडेको संज्ञा दिदै जबाफ फर्काएका मेयल साम्पाङले  पुनः दुई धण्टापछि थप कडा प्रतिक्रिया दिएका छन्। “उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा… गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्ने सम्म नबुझ्ने अन्पढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा” मेयर साम्पाङले अध्यक्ष ओलीलाई थप व्यग्यात्मक कडा टिप्पणी सहितको जबाफ दिएका हुन्।

धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न धरान आएका ओलीले धरानबासीलाई कटाक्ष गर्दै त्यस्तो आरोप लगाए लगत्तै मेयर साम्पाङले कडा जबाफ फर्काएका हुन्। स्थानीय तहको निर्वाचनमा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी मञ्जु भण्डारीलाई स्वतन्त्र उम्मेदवार साम्पाङले करिब ८ हजार मतान्तरले पराजीत गरेका थिए। 

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...