News Portal

धरानमा कोशीको पानी ल्याएर धरानबासीलाई खुवाउछौं, मंसिर ४ पछि आयोजना शुरु गर्छौः ओली

हिमालीसंचार संवाददाता
२२८ पटक

धरान – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न धरान आए। उनले सभालाई सम्बोधन गर्दै धरानमा कोशीको पानी पम्पिङ गरेर धरान ल्याउने बताए।

आज धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा? क-कसको घरमा खानेपानी पुर्‍याउने?’ भन्दै धरानमा कोशीको पानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताए। 

अध्यक्ष ओलीले ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई पानी खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्। थप उनले भने; ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त? हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन।’ उनले स्थानीय तहको निर्वाचन तर्फ इंकित गरे। 

स्थानीय तहको निर्वाचनमा धरान आएका अध्यक्ष ओलीले धरानको विकासको जिम्मा आफुले लिने बताएका थिए। तर, अत्याधिक अभिमतले धराने जनताले स्वतन्त्र उम्मेदवार चयन गरे। 

आज धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ पछि खानेपानीको आयोजना सुरू गरेर काम गर्ने बताए। उनले थप भने ‘त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ? धरानमा पर्याप्त खानेपानी ल्याउने उनको भनाई थियो। 

टनेलबाट मेलम्चिको जस्तो गरी पानी ल्याउ सकिन्छ। चाहे डाडा कटाएर होस् चाहे डाडा छेडेर होस् जसरी भए पनी धरानलाई पर्याप्त पुग्ने गरी खुवाउछौ हामी। पानी खुवाउछौ मात्र होइन यहा छेउका खोला बग्ने गरी, कहिले पनी सुक्का नहुने गरी पानी आउछ धरानमा। उनी यसरी अधिकंश समय खानेपानीमा केन्द्रित भए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...