News Portal

मनोजकुमार म्याङ्बोले हाम्रो पाटी नेपालसंग सम्झौता भंग ग-यो

हिमालीसंचार संवाददाता
२८१ पटक

धरान – नेकपा (एमाले) नेतृत्वले गरेको गठबन्धनको निर्णय पश्चात चरम असन्तुष्ट जनाएका मनोजकुमार म्याङ्बोले एमाले पाटीबाट बिद्रोह गरी सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका म्याङ्बोले हाम्रो पाटी नेपाल (लौरो) संग चुनावी तालमेल सम्झौता भंग गरेका छन्।

गत बिहिबार मेन्याङ्बोले प्रेस विज्ञप्ति जारी गर्दै चुनाव चिह्न “लौरो” संग भएको उक्त पाटीसंगको सम्झौता भंग गरेको घोषणा गरेका हुन् । उक्त पाटीसंग प्रत्यक्षमा “खरायो” चुनाव चिन्हमा भोट माग्ने र समानुपातिकतर्फ “लौरो”  चुनाव चिन्हमा भोट माग्ने लिखित सम्झौता गरेका थिए । उक्त सहमति गरेपछि एमाले असन्तुष्ट पक्षले मेन्याङ्बोको निर्णय विरुद्ध आन्तरिक रुपमा असन्तुष्ट जनाएका थिए। 

म्याङ्बोद्वारा जारी विज्ञप्तिमा भनिएको छ “मेरो उम्मेदवारीलाई सधाउने भनी “हाम्रो पाटी नेपाल” संग सम्झौता गरेको भएपनी आफ्नो समानुपातिक उम्मेदवारसंग मलाई जोडेर आफ्नो मात्र फाइदा पुग्ने गरी चुनावी प्रचारमा संलग्न भएको देखिएकाले आजैदेखि उक्त पाटी र चुनाव चिन्हसंग कुनै सम्बन्ध नरहने गरी सम्झौता भंग गरेको समेत धोषणा यसै विज्ञप्ति मार्फत गर्न चाहान्छु।” 

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...