News Portal

एमाले कर्णाली प्रदेश इन्चार्ज कंडेललाई कालिप्रसाद शाक्यको चुनौती

हिमालीसंचार संवाददाता
६४१ पटक

वीरेन्द्रनगर। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद साक्यले आफ्नो चुनावी अभियानलाई तिव्र पारिरहेका छन्।

मतदातामाझ ब्यस्त शाक्यले वीरेन्द्रनगरको खानेपानी व्यवस्थापन, अव्यवस्थित बसोबास, बिजुली, सडक, शुसासनका कुराहरुलाई व्यवस्थित गर्नको लागि आफु चुनावी मैदानमा होमिएको बताएका छन्।

क्षेत्र नम्बर २ बाट अघि धेरै सांसद, जनप्रतिनिधिहरु भएपनि मतदाताको चित्त बुझाउन नसकेको भन्दै शाक्यले जनतालाई सन्तुष्ट पर्न सक्ने क्षमता आफुसंग रहेको बताएका छन्। कांग्रेस नेता शाक्यसंगै नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल चुनावी मैदानमा छन्।

त्यस क्षेत्रबाट पहिला पनि सांसद भएका कंडेलले सुर्खेती जनताको लागि राम्रो काम गर्न नसकेको भन्दै शाक्यले आफुलाई मतदात गर्न अनुरोधसमेत गरेका छन्।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको क्षेत्र नम्बर २ (क)ले राजधानीको पहिचान दिने गरी काम गर्ने बाचा जनतामाझ गरीरहेका छन्। शाक्य र कंडेल यस अघि वीरेन्द्रनगरको नगरप्रमुख पदका लागिसमेत आमनेसामने भएका थिए। त्यागी र सालिन नेताको पहिचान बनाएर शाक्य सुर्खेतको सुकुम्बासी समस्या समाधान आयोग अध्यक्ष भएरसमेत काम गरीसकेका थिए।

शाक्यसंगै वाम लोकतान्त्रिक गठबन्धनबाट सुर्खेत क्षेत्र नम्बर २ को संघ तर्फ कांग्रेस नेता हृदयराम थानी र प्रदेशसभा (ख) गठबन्धनबाट माओवादी केन्द्रका बिन्दमान बिष्ट चुनावी मैदानमा छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...