News Portal

एमाले कर्णाली प्रदेश इन्चार्ज कंडेललाई कालिप्रसाद शाक्यको चुनौती

हिमालीसंचार संवाददाता
६५९ पटक

वीरेन्द्रनगर। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद साक्यले आफ्नो चुनावी अभियानलाई तिव्र पारिरहेका छन्।

मतदातामाझ ब्यस्त शाक्यले वीरेन्द्रनगरको खानेपानी व्यवस्थापन, अव्यवस्थित बसोबास, बिजुली, सडक, शुसासनका कुराहरुलाई व्यवस्थित गर्नको लागि आफु चुनावी मैदानमा होमिएको बताएका छन्।

क्षेत्र नम्बर २ बाट अघि धेरै सांसद, जनप्रतिनिधिहरु भएपनि मतदाताको चित्त बुझाउन नसकेको भन्दै शाक्यले जनतालाई सन्तुष्ट पर्न सक्ने क्षमता आफुसंग रहेको बताएका छन्। कांग्रेस नेता शाक्यसंगै नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल चुनावी मैदानमा छन्।

त्यस क्षेत्रबाट पहिला पनि सांसद भएका कंडेलले सुर्खेती जनताको लागि राम्रो काम गर्न नसकेको भन्दै शाक्यले आफुलाई मतदात गर्न अनुरोधसमेत गरेका छन्।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको क्षेत्र नम्बर २ (क)ले राजधानीको पहिचान दिने गरी काम गर्ने बाचा जनतामाझ गरीरहेका छन्। शाक्य र कंडेल यस अघि वीरेन्द्रनगरको नगरप्रमुख पदका लागिसमेत आमनेसामने भएका थिए। त्यागी र सालिन नेताको पहिचान बनाएर शाक्य सुर्खेतको सुकुम्बासी समस्या समाधान आयोग अध्यक्ष भएरसमेत काम गरीसकेका थिए।

शाक्यसंगै वाम लोकतान्त्रिक गठबन्धनबाट सुर्खेत क्षेत्र नम्बर २ को संघ तर्फ कांग्रेस नेता हृदयराम थानी र प्रदेशसभा (ख) गठबन्धनबाट माओवादी केन्द्रका बिन्दमान बिष्ट चुनावी मैदानमा छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...