News Portal

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का गठबन्धनको आडमा जितको सुनिश्चितता खोज्दै

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौं – नेकपा -माओवादी)को लहर चलेको २०६४ मा भने खड्काले संविधानसभामा पुग्ने समानुपातिकको बाटो रोजे। माओवादीको प्रभाव घटेको २०७० सालमा फेरि प्रत्यक्ष निर्वाचन जितेरै दोस्रो संविधानसभामा पुगे उनी। विधानसभाबाट नयाँ संविधान जारी भएपछि संघीय नेपालको पहिलो आमनिर्वाचन (२०७४)मा भने उनले हारको पहिलो चोट खेपे, नेकपा –एमाले)का ध्रुवकुमार शाहीबाट। त्यो बेला वाम गठबन्धनका उम्मेदवार शाहीले खड्कालाई ३ हजार ३८२ मतले पराजित गरेका थिए।

पूर्वगृहमन्त्रीसमेत रहेका खड्का चुनावमा उठ्ने भनेको सुर्खेत क्षेत्र नं. १ बाटै हो। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी यहींबाट छैटौं पटक उम्मेदवार बनेका छन्। सुर्खेतमा जन्मिएका ६७ वर्षीय खड्का अर्थशास्त्रमा स्नातकोत्तर हुन्। २०३१ सालबाट राजनीतिमा आएका खड्का २४ वर्षको उमेरमा २०३४ सालमा नेपाली कांग्रेसको सुर्खेत जिल्ला सभापति भएका थिए। जनमत संग्रहमा बहुदलको हारपछि २०३७ सालमा भएको पंचायती चुनावमा वीरेन्ऽनगर नगरपंचायतको प्रधानपञ्च जितेका खड्का निर्दलीय व्यवस्था स्वीकार्न नमान्दा ६ महिनामै अपदस्थ भए।

पंचायती व्यवस्था विरुद्धको आन्दोलनको क्रममा पटक-पटक समातिएर करिब ५ महिना हिरासतमा बिताएका खड्का बहुदल पुनस्र्थापनापछि कांग्रेसभित्रको राजनीतिमा कृष्णप्रसाद भट्टराई नजिक भए। २०४८ पछि उनी दुईपटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, एक-एक पटक सञ्चार र उद्योग तथा वाणिज्य मन्त्री भए।कांग्रेसको १०औं महाधिवेशनसम्म मध्यपश्चिमबाट एक जना मात्र केन्द्रीय सदस्य हुने व्यवस्था थियो।

१०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेर सुशील कोइरालासँग पराजित भएका खड्का पार्टी फुटेर प्रजातान्त्रिक कांग्रेस बनेपछि केन्द्रीय सदस्य भए। १३औं महाधिवेशनमा महामन्त्री बनेका उनी १४औं महाधिवेशनमा पार्टी उपसभापतिमा विजयी भए। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रमध्येका एक खड्का कर्णालीबाट कांग्रेस पदाधिकारी बन्ने पहिलो नेता हुन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार  ‘ध्रुवकुमार शाहीले ३६ हजार ७५९ मत ल्याउँदा कांग्रेसका खड्काले ३३ हजार ३७७ मत पाएका थिए।
यो पटक खड्का पाँचदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। उनीसँग एमालेका उनै शाही प्रतिस्पर्धा गर्दैछन्, तर एकल बलमा ।पूर्वी सुर्खेतका ५ पालिकासहित वीरेन्द्रनगरका २ वडा रहेको सुर्खेत १ मा गत ३० वैशाखको स्थानीय निर्वाचनमा कांग्रेसले २ र एमालेले ३ पालिका जितेका छन्। वीरेन्द्रनगरका दुईमध्ये एक वडामा एमाले र अर्कोमा कांग्रेसले जितेको छ।

सुर्खेत-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ। कांग्रेसले ३५ हजार ८५६, एमालेले ३३ हजार ९०५, नेकपा (माओवादी केन्द्र)ले ५ हजार ५ र स्वतन्त्र उम्मेदवारहरूले १ हजार २७९ मत पाएका छन्। स्थानीय तहको यो चुनावी नतिजाले आउँदो ४ मंसिरको निर्वाचनबाट एमालेका शाहीलाई दोस्रो पटक सांसद बन्नभन्दा कांग्रेसका खड्कालाई छैटौं पटक सांसद हुन सहज रहेको देखाउँछ। उनले गठबन्धनको मत जोगाए पुग्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...