News Portal

  • नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का गठबन्धनको आडमा जितको सुनिश्चितता खोज्दै

    हिमालीसंचार संवाददाता
    १८३ पटक

    काठमाडौं – नेकपा -माओवादी)को लहर चलेको २०६४ मा भने खड्काले संविधानसभामा पुग्ने समानुपातिकको बाटो रोजे। माओवादीको प्रभाव घटेको २०७० सालमा फेरि प्रत्यक्ष निर्वाचन जितेरै दोस्रो संविधानसभामा पुगे उनी। विधानसभाबाट नयाँ संविधान जारी भएपछि संघीय नेपालको पहिलो आमनिर्वाचन (२०७४)मा भने उनले हारको पहिलो चोट खेपे, नेकपा –एमाले)का ध्रुवकुमार शाहीबाट। त्यो बेला वाम गठबन्धनका उम्मेदवार शाहीले खड्कालाई ३ हजार ३८२ मतले पराजित गरेका थिए।

    पूर्वगृहमन्त्रीसमेत रहेका खड्का चुनावमा उठ्ने भनेको सुर्खेत क्षेत्र नं. १ बाटै हो। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी यहींबाट छैटौं पटक उम्मेदवार बनेका छन्। सुर्खेतमा जन्मिएका ६७ वर्षीय खड्का अर्थशास्त्रमा स्नातकोत्तर हुन्। २०३१ सालबाट राजनीतिमा आएका खड्का २४ वर्षको उमेरमा २०३४ सालमा नेपाली कांग्रेसको सुर्खेत जिल्ला सभापति भएका थिए। जनमत संग्रहमा बहुदलको हारपछि २०३७ सालमा भएको पंचायती चुनावमा वीरेन्ऽनगर नगरपंचायतको प्रधानपञ्च जितेका खड्का निर्दलीय व्यवस्था स्वीकार्न नमान्दा ६ महिनामै अपदस्थ भए।

    पंचायती व्यवस्था विरुद्धको आन्दोलनको क्रममा पटक-पटक समातिएर करिब ५ महिना हिरासतमा बिताएका खड्का बहुदल पुनस्र्थापनापछि कांग्रेसभित्रको राजनीतिमा कृष्णप्रसाद भट्टराई नजिक भए। २०४८ पछि उनी दुईपटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, एक-एक पटक सञ्चार र उद्योग तथा वाणिज्य मन्त्री भए।कांग्रेसको १०औं महाधिवेशनसम्म मध्यपश्चिमबाट एक जना मात्र केन्द्रीय सदस्य हुने व्यवस्था थियो।

    १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेर सुशील कोइरालासँग पराजित भएका खड्का पार्टी फुटेर प्रजातान्त्रिक कांग्रेस बनेपछि केन्द्रीय सदस्य भए। १३औं महाधिवेशनमा महामन्त्री बनेका उनी १४औं महाधिवेशनमा पार्टी उपसभापतिमा विजयी भए। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रमध्येका एक खड्का कर्णालीबाट कांग्रेस पदाधिकारी बन्ने पहिलो नेता हुन्।

    २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार  ‘ध्रुवकुमार शाहीले ३६ हजार ७५९ मत ल्याउँदा कांग्रेसका खड्काले ३३ हजार ३७७ मत पाएका थिए।
    यो पटक खड्का पाँचदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। उनीसँग एमालेका उनै शाही प्रतिस्पर्धा गर्दैछन्, तर एकल बलमा ।पूर्वी सुर्खेतका ५ पालिकासहित वीरेन्द्रनगरका २ वडा रहेको सुर्खेत १ मा गत ३० वैशाखको स्थानीय निर्वाचनमा कांग्रेसले २ र एमालेले ३ पालिका जितेका छन्। वीरेन्द्रनगरका दुईमध्ये एक वडामा एमाले र अर्कोमा कांग्रेसले जितेको छ।

    सुर्खेत-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ। कांग्रेसले ३५ हजार ८५६, एमालेले ३३ हजार ९०५, नेकपा (माओवादी केन्द्र)ले ५ हजार ५ र स्वतन्त्र उम्मेदवारहरूले १ हजार २७९ मत पाएका छन्। स्थानीय तहको यो चुनावी नतिजाले आउँदो ४ मंसिरको निर्वाचनबाट एमालेका शाहीलाई दोस्रो पटक सांसद बन्नभन्दा कांग्रेसका खड्कालाई छैटौं पटक सांसद हुन सहज रहेको देखाउँछ। उनले गठबन्धनको मत जोगाए पुग्ने देखिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...