News Portal

मोरङमा स्वतन्त्र उमेदवारको लोकप्रियता बढ्दो, स्थानीय समेत उत्साहित

हिमालीसंचार संवाददाता
२७७ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङको क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवारको चुनावी लहर बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य उमेदवारका लागि योगेन्द्र मंण्डल (योगी) ले  स्वतन्त्र उमेदवार धोषणा गरे संगै अधिकाशं युवा, महिला, बृद्धहरु समेत उत्साहित भएका छन ।

पछिल्लो समयमा जनताहरु पाटीगत भन्दा पनि स्वतन्त्र उमेदवारहरु प्रति आशा र भरोसा राख्न थालेपछि मोरङ क्षेत्रमा आम जनताको विश्वास बढ्दै गएको छ।  योगेन्द्र मण्डलले आफ्नो क्षेत्रको विकासका लागि शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने, विकासको दृष्टिकोणले पछाडि परेको र अधिल्लो समय निर्वाचित भएर गएकाहरुले जनताको विकास नगरेका कारण जनताले  चाहे  अनुरुपको काम गर्न उम्मेदवारी दिएपछि अहिले सबै क्षेत्रमाका स्थानीयहरु स्वतन्त्र उम्मेदवारी पाएपछि खुशी भएका छन ।  

उनले निर्वाचन क्षेत्रका मानिसहरु कृषिमा आश्रित भएका कारण कृषिको विकासमा जोड दिने, कृषिको विकास गर्न, कृषिलाई प्राथमिकतामा राखेर यसको आधुनिकिकरण गरेर जनताको जीवनस्तर उकास्ने आफ्नो धोषणा पत्रमा लेखेका छन । 

जीवन बिकाशका प्रमुख समेत रहेको योगेन्देरले लघुवित्त सेवाबाट ३ लाख ५० हजार परिवार आत्मनिर्भर २ हजार युवा प्रत्यक्ष रोजगार समेत दिईरहेका छन् ।  जीवन विकास व्यवसायिक तालिम केन्द्र संचालनमा रहेको र उक्त तालिम केन्द्रमा कम्प्युटर, मन्टेश्वरी, मोवाइल रिपेयरिङ, प्लम्बीङ्ग जस्ता तालिम लिई सयौ युवाहरु स्वरोजगार भएका छन् ।  कृषकहरूले उत्पादन गरेको दुध बिक्री गर्न सहज बनाउने उद्देश्यले जीवन विकास डेरी स्थापना भई संचालनमा रहेको छ । उक्त डेरीमा हाल करीब २ सय  जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

उनले २५ वर्षदेखि अनवरतरुपमा समाजसेवामा लागेर गरिबी रहित नेपालको परिकल्पनासहित क्षेत्र नम्बर ५ लाई पनि गरिबी रहित बनाउने योजना समेत रहेको उनले हिमालीसंचारडटकमसंह बताए । 

अहिले उनले क्षेत्र नम्बर ५ का स्थानीयहरुको घरदैलोमा पुगेर टुवेल छापमा भोट हाल्न समेत सबैमा आग्रह समेत गरिरहेका छन । दिन रात नभनि उनी तिव्र रुपमा प्रचारप्रसारमा समेत व्यस्त भएका छन । यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादीका शिवकुमार मण्डल र एमालेसंगको तालमेलबाट जसपाका राजकुमार यादव उम्मेदवार बिच चुनावमा ट्कर हुने देखिन्छ । मोरङ क्षेत्र नम्बर ५ मा विराटनगरका १३ देखि १८ सम्मका वडाहरु रहेका छन । भने जहदा, धनपालथान, रंगेली ४,५, ६ र ७  वडा समावेश भएको छ। 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...