News Portal

मोरङमा स्वतन्त्र उमेदवारको लोकप्रियता बढ्दो, स्थानीय समेत उत्साहित

हिमालीसंचार संवाददाता
२२५ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङको क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवारको चुनावी लहर बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य उमेदवारका लागि योगेन्द्र मंण्डल (योगी) ले  स्वतन्त्र उमेदवार धोषणा गरे संगै अधिकाशं युवा, महिला, बृद्धहरु समेत उत्साहित भएका छन ।

पछिल्लो समयमा जनताहरु पाटीगत भन्दा पनि स्वतन्त्र उमेदवारहरु प्रति आशा र भरोसा राख्न थालेपछि मोरङ क्षेत्रमा आम जनताको विश्वास बढ्दै गएको छ।  योगेन्द्र मण्डलले आफ्नो क्षेत्रको विकासका लागि शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने, विकासको दृष्टिकोणले पछाडि परेको र अधिल्लो समय निर्वाचित भएर गएकाहरुले जनताको विकास नगरेका कारण जनताले  चाहे  अनुरुपको काम गर्न उम्मेदवारी दिएपछि अहिले सबै क्षेत्रमाका स्थानीयहरु स्वतन्त्र उम्मेदवारी पाएपछि खुशी भएका छन ।  

उनले निर्वाचन क्षेत्रका मानिसहरु कृषिमा आश्रित भएका कारण कृषिको विकासमा जोड दिने, कृषिको विकास गर्न, कृषिलाई प्राथमिकतामा राखेर यसको आधुनिकिकरण गरेर जनताको जीवनस्तर उकास्ने आफ्नो धोषणा पत्रमा लेखेका छन । 

जीवन बिकाशका प्रमुख समेत रहेको योगेन्देरले लघुवित्त सेवाबाट ३ लाख ५० हजार परिवार आत्मनिर्भर २ हजार युवा प्रत्यक्ष रोजगार समेत दिईरहेका छन् ।  जीवन विकास व्यवसायिक तालिम केन्द्र संचालनमा रहेको र उक्त तालिम केन्द्रमा कम्प्युटर, मन्टेश्वरी, मोवाइल रिपेयरिङ, प्लम्बीङ्ग जस्ता तालिम लिई सयौ युवाहरु स्वरोजगार भएका छन् ।  कृषकहरूले उत्पादन गरेको दुध बिक्री गर्न सहज बनाउने उद्देश्यले जीवन विकास डेरी स्थापना भई संचालनमा रहेको छ । उक्त डेरीमा हाल करीब २ सय  जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

उनले २५ वर्षदेखि अनवरतरुपमा समाजसेवामा लागेर गरिबी रहित नेपालको परिकल्पनासहित क्षेत्र नम्बर ५ लाई पनि गरिबी रहित बनाउने योजना समेत रहेको उनले हिमालीसंचारडटकमसंह बताए । 

अहिले उनले क्षेत्र नम्बर ५ का स्थानीयहरुको घरदैलोमा पुगेर टुवेल छापमा भोट हाल्न समेत सबैमा आग्रह समेत गरिरहेका छन । दिन रात नभनि उनी तिव्र रुपमा प्रचारप्रसारमा समेत व्यस्त भएका छन । यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादीका शिवकुमार मण्डल र एमालेसंगको तालमेलबाट जसपाका राजकुमार यादव उम्मेदवार बिच चुनावमा ट्कर हुने देखिन्छ । मोरङ क्षेत्र नम्बर ५ मा विराटनगरका १३ देखि १८ सम्मका वडाहरु रहेका छन । भने जहदा, धनपालथान, रंगेली ४,५, ६ र ७  वडा समावेश भएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...