News Portal

स्याङ्जा सहयोग समाज कुवेतले चलाएको एम्बुलेन्स आर्थिक सहयोगमा अभियान्ता बि बि मल्ल ठकुरी

हिमाली संचार संवाददाता
७६० पटक

जुलाई २४, कुवेत। लोकगीतको खानी भनेर स्याङ्जा जिल्लालाई चिनिन्छ भन्दा दुई मत नहोला। साँच्चै स्याङ्जा जिल्लामा लोकगीतका अनगिन्ती हस्तीहरु जन्मेका छन् । जस मध्य बि बि मल्ल ठकुरी पनि एक हुन् ।

विक्रम संम्वत २०३९ साल स्याङ्जा जिल्लाको हरिनास गाउँ पालिका वडा नंम्बर ४ मा जन्मेका बि बि मल्ल ठकुरी सानै देखि संगितमा रुचि गर्दथे। विद्यालय र गाउँ घरमा हुने कार्यक्रममा सधै अग्रसर हुने बि बि मल्ल ठकुरीको साँङ्गेतिक यात्रा भनी विक्रम संम्वत २०६५ साल देखि शुरु भएको हो। विगत एक दशक देखि कुवेतलाई आफ्नो कर्म थलो बनाउदै आएका ठकुरीले कुवेतमा छुट्टै आफ्नो पहिचान बनाउन सफल भै सकेका छन् ।आफ्नो डियूटीको व्यस्ता संगसंगै पनि सामाजिक कार्य साथै संगितलाई हातेमालो गदै अगाडी बढ्न सफल भएका छन् ।

आफुलाई लोक पप गायक भन्न रुचाउने बि बि मल्ल ठकुरी एक सामाजिक अभियन्ता पनि हुन। उनी लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतका संरक्षक, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका संरक्षक, दर्शन ठकुरी समाज कुवेतका संरक्षक र स्याङ्जा सहयोग समाज कुवेतका संरक्षक पनि हुन् ।

गायक बि बि मल्ल ठकुरीको बाल्यकाल गाँउले परिवेशमा बितेको हुँदा अझै पनि उक्त गाउँ ठाउँ बिकासको पछाडी परेको बताउँछन्।गाउँमा बिरामी हुँदा कतिपय बिरामीहरु समयमा यातायातको सुविधा नहुदा अकालमा नै मृत्युु भएको आफुले प्रत्यक्ष देखेको तितो स्मरणीय गदै केही हदसम्म भए पनि दुखेको घाउमा मलम लगाउनको लागि स्याङ्जा सहयोग समाज कुवेतले चलाएको एम्बुलेन्स आर्थिक सहयोग अभियानमा बि बि मल्ल ठकुरी एकल साँझ कार्यक्रम गरि उक्तबाट उठेको सहयोग आफ्नो गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्न लागेको र अहिलेसम्म देश तथा विदेशबाट सहयोगको अपेक्षा दिएको उनी बताउँछन् ।

सहयोगी दाताहरुलाई धन्यवाद दिदै कुवेतमा रहनु भएका विभिन्न संघ, संस्था र समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार र खेलाडी साथीहरु लाई उक्त कार्यक्रममा पाल्नु भै कार्यक्रम सभ्य र भव्य रुपमा सफल बनाउन हुन समेत अनुरोध गरेका छन।

प्रतिकृया दिनुहोस्

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...