News Portal

कञ्चनपुरको आमसभामा जब भीम रावलको नाम गुञ्जियो केपी ओलीले यस्तो दिए जवाफ

हिमालीसंचार संवाददाता
३३६ पटक

कञ्चनपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट आसन्न चुनाव लक्षित अभियानको उद्घाटन गरे। दार्चुला र बैतडीका कार्यकर्तालाई सम्बोधन गरेर शुक्रबार दिउँसो ओली कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्न पुगे।

ओलीको भाषण सुन्न बिहानैदेखि महेन्द्रनगर खुलामञ्चमा मानिसहरुको भिडभाड थियो। ओली डडेल्धुरामा कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन रहेको भनेर कार्यकर्ताहरुलाई सम्झाइरहेका थिए।

‘पार्टीविरोधी कुनै पनि उम्मेदवारलाई समर्थन गर्दैनौँ, केन्द्रको निर्णय अक्षरश पालना गर्नुपर्छ,’ ओली भनिरहेका थिए। यसै क्रममा दर्शकदीर्घाबाट आवाज आयो– भीम रावल…!

अनि ओलीले त्यतैतिर फर्केर भने, ‘भीम रावलको तपाईहरुलाई कति चिन्ता ? ०४८ सालदेखि खादैहुनुहुन्छ, बुढो भइसक्नु भयो… अरुलाई मौका दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल.. थुप्रो रावलहरु छन् नि सुदूरपश्चिममा, थुप्रो रावलहरुलाई अगाडि लैजानुछ…।’

ओलीसँग १० औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता रावलले यसपटक अछाम १ मा टिकट पाएनन्। उनको टिकट खोसेर ओलीले त्यहाँ माओवादी पृष्ठभूमिका झपट बोहरालाई उम्मेदवार बनाएका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...