News Portal

एमाले-जसपाका संयुक्त उम्मेदवार अशोक राईले “छाता” ओढेर शुरु गरे घरदैलो अभियान

हिमालीसंचार संवाददाता
४०० पटक

धरान – नेकपा एमाले र जसपा नेपालका संयुक्त प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोककुमार राईले धरान वडा नं. ६ पानवारीबाट आफ्नो चुनाव चिन्ह “छाता” ओढेर घरदैलो कार्यक्रम शुरु गरेका छन् ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नं.-१ मा एमाले र जसपा नेपालका संयुक्त उम्मेदवार ओशोककुमार राईलाई चुनामी मैदानमा उतारेका छन्। उनी जसपा नेपालका संघीय परिषद् अध्यक्ष समेत हुन्। संयुक्त निर्वाचन परिचालन कमिटीका टोलीले धरान-६ पानवारीबाट आज घरदैलो कार्यक्रम शुरु गरेको विजय राईले हिमालीसंचारडटकमसंग बताए। 

एमालेका प्रदेश कमिटी सदस्य, पाचकन्य गाविसका पूर्व अध्यक्ष समेत रहेका बस्नेत धरान वडा नं.६ प्रदेशसभा सदस्यका उम्मेदवार बस्नेतको वडा समेत हो।  आफ्नो वडाबाट उम्मेदवार पाएको हुदा वडाबासी उत्साहित देखिन्थे। आजबाट संयुक्त निर्वाचन परिचालन कमिटीका टोलीले प्रतिनिघिसभा सदस्यका उम्मेदवार अशोककुमार राई, प्रदेशसभा सदस्यका उम्मेदवार रमेशकुमार बस्नेतले घरदैलो कार्यक्रम शुरु गरेका हुन्। 

पानवारी धरान-६ बाट शुरु भएको घरदैलो कार्यक्रम कार्यतालिका अनुसार विभिन्न वडाहरुमा चल्ने समेत विजय राईले बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...