News Portal

अध्यक्ष प्रचण्ड जस्तो पपुलर र प्रगतिशील नेता कोही छैन, अबको प्रधानमन्त्री उहाँ नै हो- डा. भट्टराई

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” जस्तो चलायमान नेता नेपालमा अरु कोही नभएको बताउदै भावि प्रधानमन्त्रीको चित्रण गरेका छन्।

गोरखा क्षेत्र नम्बर २ को चुनावी अभियानमा प्रचण्डसँगै पुगेका डा. भट्टराईले आइतबार भेटघाट गर्ने क्रममा यस्तो बताएका हुन्। गोरखा क्षेत्र नम्बर २ ले भावी प्रधानमन्त्री र मुख्यमन्त्री दुवै पाउन लागेको भन्दै भट्टराईले अब यो क्षेत्रको चमत्कारिक विकास हुने तर्क गरेका थिए । मंसिर ४ गतेको निर्वाचनपछि प्रचण्ड नै नेपालको प्रधानमन्त्री हुने उनको दाबी थियो । 

नेसपा अध्यक्ष डा. भट्टराईले थप भने ‘यहाँ कसैले अन्यथा नमाने हुन्छ, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री!’ हो। अब ‘यही क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोला? यो क्षेत्रको विकासले कसरी गति नलेला?’ उनको भनाई थियो। नेसपा अध्यक्ष डा. भट्टराईले आफूले गोरखा २ छाडेर प्रचण्डलाई चितवनबाट बोलाएका हुन्।

उनले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन पनि मतदाता र कार्यकर्तालाई अपिल गरेका भट्टराईले  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुर्खतापूर्ण हर्कतका कारण गठबन्धन बनाउनुपरेको जिकिर गरेका भट्टराईले अध्यक्ष प्रचण्डका लागि भोट मागेका थिए।

डा. भट्टराईले अहिले नेपालको सन्दर्भमा प्रचण्ड जस्तो पपुलर र प्रगतिशील नेता अर्को नरहेको पनि जिकिर गरे। ‘नेपालको सन्दर्भमा अहिलेकै सबैभन्दा पपुलर  र प्रगतिशील व्यक्ति प्रचण्ड हो’, उनले भने, ‘जसलाई काठमाडौंदेखि आएर पत्रकारहरुले बिहानभरी कुरेर भेटिरहेका छन्। उहाँको नेतृत्वमा अब गोरखाले विकासको फड्को मार्नेछ।’ उनको भनाई थियो। 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...