News Portal

अध्यक्ष प्रचण्ड जस्तो पपुलर र प्रगतिशील नेता कोही छैन, अबको प्रधानमन्त्री उहाँ नै हो- डा. भट्टराई

हिमालीसंचार संवाददाता
२४२ पटक

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” जस्तो चलायमान नेता नेपालमा अरु कोही नभएको बताउदै भावि प्रधानमन्त्रीको चित्रण गरेका छन्।

गोरखा क्षेत्र नम्बर २ को चुनावी अभियानमा प्रचण्डसँगै पुगेका डा. भट्टराईले आइतबार भेटघाट गर्ने क्रममा यस्तो बताएका हुन्। गोरखा क्षेत्र नम्बर २ ले भावी प्रधानमन्त्री र मुख्यमन्त्री दुवै पाउन लागेको भन्दै भट्टराईले अब यो क्षेत्रको चमत्कारिक विकास हुने तर्क गरेका थिए । मंसिर ४ गतेको निर्वाचनपछि प्रचण्ड नै नेपालको प्रधानमन्त्री हुने उनको दाबी थियो । 

नेसपा अध्यक्ष डा. भट्टराईले थप भने ‘यहाँ कसैले अन्यथा नमाने हुन्छ, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री!’ हो। अब ‘यही क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोला? यो क्षेत्रको विकासले कसरी गति नलेला?’ उनको भनाई थियो। नेसपा अध्यक्ष डा. भट्टराईले आफूले गोरखा २ छाडेर प्रचण्डलाई चितवनबाट बोलाएका हुन्।

उनले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन पनि मतदाता र कार्यकर्तालाई अपिल गरेका भट्टराईले  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुर्खतापूर्ण हर्कतका कारण गठबन्धन बनाउनुपरेको जिकिर गरेका भट्टराईले अध्यक्ष प्रचण्डका लागि भोट मागेका थिए।

डा. भट्टराईले अहिले नेपालको सन्दर्भमा प्रचण्ड जस्तो पपुलर र प्रगतिशील नेता अर्को नरहेको पनि जिकिर गरे। ‘नेपालको सन्दर्भमा अहिलेकै सबैभन्दा पपुलर  र प्रगतिशील व्यक्ति प्रचण्ड हो’, उनले भने, ‘जसलाई काठमाडौंदेखि आएर पत्रकारहरुले बिहानभरी कुरेर भेटिरहेका छन्। उहाँको नेतृत्वमा अब गोरखाले विकासको फड्को मार्नेछ।’ उनको भनाई थियो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...