News Portal

  •  प्रदिप पौडेलले काठमाण्डौं-५ बाट यसरी जित्दैछन् चुनाब

    हिमालीसंचार संवाददाता
    ३९० पटक

    कर्ण बहादुर अधिकारी, काठमाण्डौं। प्रदेश र संघको चुनावको पूर्ब सन्ध्यामा नेपालमा देश र जनताको हित गर्छु भनेर च्याउ सरी उम्रिएका नेपालका राजनिति दल र तीनका नेता कार्यकर्तालाई चुनावी माहौलले छोपी सकेको छ। चुनावी रणनिति तय गर्नका लागि बिहान ५ बजे देखि रातको १२/ १ बजे सम्म पनि बिभिन्न बैठक र छलफलमा जुटि रहेका छन्। देश नै चुनावी माहौलमा होमि अबस्थामा म पनि त्यतिकै मौन बस्न सकिन तसर्थ मैले पनि म आफू बसोबास गर्दै आएको स्थानको आफूले मन खाएको उमेदवारलाई कसरी बिजय गराउन सकिन्छ भन्ने सोच लिएर तिता र यथार्थ कुरो ल्याउने जमर्को गरेको छु।

    म बस्दै आएको स्थान नेपालको राजधानी काठमाण्डौं अझै भनौ बिकासको जालोले छोप्न नसकेको स्थान काठमाण्डौं क्षेत्र नं ५ टोखा नगरपालिका ३ धनेश्वर हो। आज यसै पेरीफेरीमा यो क्षेत्रमा बिगतदेखि बर्तमानसम्मको कसले राज गर्यो र कांग्रेसको अबस्था के छ भन्ने बिषयमा केहि लेख्दै छु।

    म नरहरी दाईको पालामा जानु भन्दा पनि २०७४ सालको प्रतिनिधि सभा चुनाव पछिको यहाँको बास्तबिक स्थितिमा फर्किए। २०७४ सालको चुनावमा नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका नुवाकोटबासी प्रकाश शरण महतलाई उहाँको प्रतिद्वन्दि एमालेका ईश्वर पोख्रेलले सहजै हराउन सफल भए।

    काठमाण्डौं-५ का जनताले ईश्वर पोख्रेल जस्तो ब्यक्तिलाई जिताउनु र प्रकाशशरण महतलाई हराउनु दुर्भाग्य थियो। इश्वर पोख्रेल प्रति मेरो ब्यक्तिगत क्रोध एवं रिष केहि छैन तर पनि पोख्रेलको ब्यक्तिगत चरीत्रकै कारण केहि लेख्न बाध्य मात्र भएको हु। बिगतमा पानी ट्याङ्कीमा करोडौ रूपैया लुकाउने उहाँ नै होईन र ! नेपाली सेनाका जर्नेल कुलबहादुर खड्कासंग चीफ बनाउनका लागि १ करोड घुष मागेको ज्वलन्त उदाहरण नै हामी सामु सर्बबित नै छ।

    नेपाली सेनाका पूर्ब जर्नेल प्रेमसिंह बस्न्यातले उहाँको बिषयमा कुरा उठान गरी सक्नु भएको छ। बिगतमा माओबादी चलखेलमा समेत संलग्न साथै बिभिन्न भ्रष्ट्राचार अझै कोरनाको समयमासमेत औषधी खरीद बिक्रीमा पैसा कमाउन संलग्न रहेको जानकारी थाहा पाउँदा पाउँदै पनि उहाँलाई मतदान गरेर जिताउन लागि पर्ने काठमाण्डौं ५ का जनता कस्ता ? ०६७ सालदेखि म पनि यसै क्षेत्रमा बस्दै आएको छु। ७४ मा चुनाव जिते पछि पोख्रेलले ५ मा बिकास चाँहि गर्यो के ? पोख्रेलले आफूले चुनाव जितेपछि काठमाण्डौं ५ का जनताको हितका लागि केहि काम पनि गर्न सकेन्न।

    अबसरबादी पोख्रेल आफूलाई मत नदिएका अझै कांग्रेसको गढ भनेर चिनिएका ५ का केहि स्थानमा बिकासको बि सम्म पनि लिन चाहेनन्। टोखा नगर पालिका वडा नं ८ जालपा चोक देखि धनेश्वर,भत्केको पुल हुँदै टोखा र पंचेटार निस्कने बाटोमा ग्राबेल र पिच सम्म गर्न चाहेन्न। देशकै राजधानीमा बर्षा याममा हिडडुल गर्न समेत असहज नै रह्यो स्कूल बस समेत आवत जावत गर्न कठिन स्थिति सृजित भयो। यसरी यो कार्यमा ढिलाई हुनुको मेन कारण नै यहाँको स्थानीयले नेपाली कांग्रेसलाई मतदान गर्नु नै हो। यस पालिको स्थानीय निकायको चुनावमा पनि यहाँको स्थानीयहरूले कांग्रेस नै रोजे।

    यसरी आफू प्रतिनिधि भई सांसद जितेका पोख्रेलले यसरी भेदभाब गर्न मिल्छ त ? आफ्नै राजनिति दलका कार्यकर्ताको आसपासमा रमाउने पोख्रेललाई चुनौति दिनका लागि नेपाली कांग्रेस पार्टी कार्यालयले स्थायी घर तनहुँ भएका बिगत २५ बर्ष देखि काठमाण्डौमा बसोबास गर्दै आएका कांग्रेसका युवा नेता प्रदिप पौडेललाई टिकट दिएको छ। प्रदिप पौडेल कांग्रेसका प्रखर बक्ता साथै केन्द्रिय सदस्य पनि हुन्। बिगतमा देश र जनताको लागि भनेर आन्दोलनमा होमिएका पौडेलले जेल नेल समेत झेली सकेका नेता हुन। राजनितिमा निष्कलंक छबि भएका युवा नेतालाई मतदान गर्न पाउनु काठमाण्डौं-५ का नागरीकहरूको भाग्य नै हो।

    अब निर्णय भने यहाँको जनताको हातमा छ। मलाई जहाँ सम्म लाग्छ यस पटक यहाँको जनताले प्रदिप पौडेललाई नै मतदान गर्ने छन्। २०७४ सालमा चुनाव हारेका प्रकाश शरण महतले यस पटक यहाँका क्षेत्रिय कमिटीले मनोनय गरेर पठाउदा पनि उठ्ने साहस गरेनन्। यिनको पनि आफ्नै पीडा होला।

    नुवाकोट क्षेत्र नं.१ बाट चुनाव लड्छु भनेर सामाजिक संजालदेखि राष्ट्रिय मिडियामासमेत बोली सकेका महतले गठबन्धनका कारण नुवाकोट १ माओबादीको भागमा परेपछि यिनी नुवाकोटबाट पछि हटे साथै काठमाण्डौ ५ मा पनि उठ्ने साहस गरेनन्। महतले आफूले जितको कन्फर्म नभएकै कारण समानुपातिक तिर आफ्नो नाम पार्न सफल भए। यिनलाई पनि आउने दिनमा मन्त्री बन्नु छ। काठमाण्डौ क्षेत्र नं ५ मा नरहरी दाईको पालापछि कांग्रेसको संगठानिक संरचनामा चाँहि कमी कम्जोरी भएकै हो।

    अझै प्रकाश शरण महतको उपस्थिति भए पछि यिनले आफ्ना आसे पासेलाई र संस्थापन पक्षलाई मात्र अंगालेका कारण र इतर पक्षलाई पेलेकै कारण कार्यकर्तामा फ्याक्सन आएकै हो त्यसको ज्वलन्त उदाहरण हामी स्थानीय चुनावमा जितेर पनि हार्यौ। त्यस कारण अब यी साना तिना कुराहरूलाई मिलाएर लैजान र टोखाको समग्र बिकासका लागि केन्द्रले प्रदिप पौडेललाई उमेदवार बनाएर पठाएको छ। प्रकाशशरण महतले बिगारेका संरचनालाई मजबुद र बलियो बनाउने जिम्मा प्रदिप पौडेलको काधमा आएको छ। अब काठमाण्डौं-५ को जनताको मन जित्ने काम प्रदिप पौडेलको हो।

    प्रदिप पौडेल काठमाण्डौं क्षेत्र नं.५ जालपा चोकमा बिगत १५ बर्ष देखि बस्दै आए पनि यिनी यहाँका मतदाताको लागि नयाँ अनुहार हुन्। यहाँको जनतालाई चिनाउने जिम्मा वडा कमिटी र क्षेत्रीय कमिटीका पदाधिकारीहरूको रहने छ। अहिले बर्तमान अबस्थामा नेपाली जनताले युवा पिढिका नेताहरूलाई रोज्ने अबस्था सृजित भएको छ। यसै मौकामा प्रदिपले पनि जनताको भावनाको कदर गर्दै जनता नै जनार्दन हुन भन्ने सोचका साथ यहाँको जनताको घर दैलौमा पुगेर आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्न सकेको खण्डमा चुनाव जित्ने प्रबल सम्भाबना छ। चुनावी रण मैदानमा हार र जीत त अबस्यनै हुने छ।

    भबिष्यमा चुनाव जिते सहज र सरल तरीकाले जनताको सेवा गर्ने साथै हारे पनि प्रति पक्षको भूमिका निभाएर जनतासंगै सहकार्य गरेर बस्न सक्नु पर्छ। प्रकाशरण महतले चुनाव हारेपछि यहाँको जनताको हितको लागि काम गर्न नसक्नु नै दुर्भाग्य थियो। अब आउने दिनमा प्रदिप पौडेलले यस्ता गल्ति दोहर्याउनु हुदैन।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal