News Portal

दुईदुई पटक संसद् विघटन गर्ने एमालेलाई भोट किन दिनु? नेता केसी

हिमालीसंचार संवाददाता
२४६ पटक

काठमाडौं – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थायी सरकार र जनताको न्यायको लागि गठबन्धनलाई भोट दिन आह्वान गरे। शनिबार गठबन्धन दलको नुवाकोट काठमाडौँ सम्पर्क समितिले गरेको कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवार रहेका केसीले दुईदुई पटक संसद्  विघटन गर्ने एमालेलाई भोट किन दिनु? प्रश्न गरेका छन्।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाइ नजिकको मत दिए पनि दुईदुई पटक संसद् विघटन गरेको र प्रतिपक्षमा पुग्दा संसदमा काम गर्न नदिएको समेत बताए। 

‘आन्तरिक द्वन्द्वको कारण दुई तिहाइको नजिकको प्रधानमन्त्रीले सरकार चलाउन नसक्ने,´ उनले भने, `जुन दिन प्रतिपक्षमा पुग्यो, त्यो दिन संसद् चल्न नदिने अनि किन एमालेलाई भोट दिने ?´ त्यसैगरी आफूहरुले सबै विचारलाई मिलाएर एक बनाउनका लागि गठबन्धन गरेको नेता केसीले भनाई थियो । 

‘हामी किन अहिले गठबन्धनमा छौँ? भिन्नभिन्न विचार लिएर हामी एक भएका छौँ। हामीले प्राप्त गरेको संविधान जोगाउनको लागि गठबन्धन गरेको हो,´ उनले भने। २०६२-०६३ सालदेखि जब गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचन्डले हात मिलाएर हस्ताक्षर गरेपछि नै गठबन्धन भएको उनले स्मरण गराए। 

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...