News Portal

मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैन :अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड

हिमालीसंचार संवाददाता
२५० पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रमलाई  सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

चार गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन जस्तो छैन,’ प्रचण्डले भने, ‘देशले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ ।यसलाई गम्भीरतापूर्वक विचार गर्न र जनतालाई राम्रोसँग बुझाउन उनले गठबन्धनका नेता कार्यकर्ताहरुलाई आह्वानसमेत गरे । ‘किनकी यो हाम्रोलागि र लोकतन्त्रको लागि हामी सबैले ठूलो संघर्ष र बलिदानपछि प्राप्त गरेको उपलब्धिको रक्षा गर्ने प्रश्नसँग जोडिएको छ,’ प्रचण्डले भने ।

काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई प्रतिनिधि सभा सदस्यको उम्मेदवार छिन् । नेपाल समाजवादी पार्टीकी मानुषी माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछिन् ।काठमाडौं क्षेत्रनम्बर ७ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि श्याम कुमार घिमिरे उम्मेदवार छन् ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...