News Portal

सुर्खेत-१ मा खड्का र शाहीको कस्तो रहला चुनाबी प्रतिस्पर्धा

हिमालीसंचार संवाददाता
३५७ पटक

सुर्खेत। सुर्खेत १ मा नेपाली कांग्रेसका उपसभाति पूर्णबहादुर खड्का पनि २०७४ मा वाम गठबन्धनको शक्तिका अगाडि धराशायी भएका थिए। उतिवेला एमाले उम्मेदवार ध्रुवकुमार शाही ३६ हजार ७५९ मतसहित विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए।

अहिले पनि खड्काको प्रतिस्पर्धा उनै शाहीसँग तय भएको छ। अन्य ६ जना उम्मेदवार पनि छन्। खड्का यसपटक गठबन्धनकै बलमा शाहीसँग हारको बदला लिने यात्रामा छन्।

खड्का यसबाहेक पार्टी भित्रकै आन्तरिक समस्याबाट पनि सजग देखिएका छन्। इतर समूहबाट हुने आक्रमणलाई ध्यान दिएर खड्काले सुर्खेत २ मा हृदयराम थानीलाई सीट र टिकट दिलाएका छन्।

स्थानीय तह निर्वाचनअनुसार यहाँ कांग्रेसको ३६ हजार ९२८, एमालेको ३४ हजार ८४३, माओवादी केन्द्रको ५ हजार ७५, राप्रपाको ६६४ र नेकपा एसको ६३४ मत रहेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...