News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कांग्रेस धादिङको कार्यवाहक सभापति अधिकारीलाई

    हिमालीसंचार संवाददाता
    २५६ पटक

    धादिङ – नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मध्यनजर गर्दै जिल्लाका जिल्ला कार्यसमिति  समितिको बैठक बसी विभिन्न विषयमा छलफल गरी निर्णय  गर्यो।

     नेपालीकाङ्ग्रेस धादिङले उपसभापति दलबहादुर अधिकारीलाई कार्यवाहक सभापति बनाएको छ। नेपाली कांग्रेस धादिङको विज्ञप्ति मिति :२०७९।०७।०१ विज्ञप्ति नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङको बैठक आज मंगलबार बीपी स्मृति भवन, धादिङबेसीमा बस्यो।

    सभापति रामनाथ अधिकारीको सभापतित्वमा बसेको बैठकले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित छलफल गरी तपसिलबमोजिमको निर्णय गरेको छ।

     १. आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धादिङमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारहरू र नेपाली कांग्रेसको नेतृत्वको गठबन्धनलाई विजयी गराउन र समानुपातिकतर्फ नेपाली कांग्रेसलाई विजयी गराउन आम मतदातालाई अपिल गर्ने र नेपाली कांग्रेसका सदस्यहरूलाई पार्टी र गठबन्धनका पक्षमा सम्पूर्ण रूपमा क्रियाशील हुन बैठकले अपिल गरेको छ । साथै जिल्ला कार्यसमिति मातहतका पार्टी र भ्रातृ तथा शुभेच्छुक संस्था(निर्वाचन आचारसंहिताले बाधा नपुर्‍याउने शुभेच्छुक संस्थाका हकमा)का सबै तहलाई पूर्ण रूपमा परिचालन गर्ने बैठकले निर्णय गरेको छ ।

    २. नेपाली कांग्रेस, केन्द्रीय संसदीय समितिको निर्णयबाट धादिङमा पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवारी प्राप्त गर्नुभएका प्रतिनिधिसभा क्षेत्र नं. २ मा जिल्ला सभापति रामनाथ अधिकारी, प्रदेशसभा क्षेत्र नं. १(१) मा महाधिवेशन प्रतिनिधि मदुकुमार श्रेष्ठ र प्रदेशसभा क्षेत्र नं. २(१)मा पूर्वजिल्ला सचिव गोविन्द लम्साल तथा बागमती प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ नेता शिवराज अधिकारी, महासमिति सदस्यद्वय गोपाल विश्वकर्मा र शान्ता तामाङलाई बैठकले हार्दिक शुभकामना व्यक्त गरेको छ।

    ३. धादिङमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको संयन्त्रको नेतृत्व गर्न पूर्वजिल्ला सभापति रमेश धमलालाई संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ।

    ४. जिल्ला निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी महाधिवेशन प्रतिनिधि वासु तिमल्सिनालाई दिने निर्णय बैठकले गरेको छ।

    ५. जिल्ला प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी उपसभापति गेहेन्द्रबहादुर मल्ललाई दिने निर्णय बैठकले गरेको छ।

    ६. जिल्ला निर्वाचन अनुगमन समितिको संयोजकको जिम्मेवारी सचिव रामकृष्ण पाण्डेलाई दिने निर्णय बैठकले गरेको छ।

    ७. जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको संयोजकको जिम्मेवारी कोषाध्यक्ष रामप्रसाद अधिकारीलाई दिने निर्णय बैठकले गरेको छ।

    ८. आवश्यक परामर्श गरी समितिहरूलाई विस्तार एवम् पूर्णता दिन समितिका संयोजकहरूलाई बैठकले अधिकार दिएको छ।

    ९. स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्वजिल्ला सभापति रमेश धमला र पूर्वजिल्ला सदस्य ज्ञानेन्द्र सिलवालले उम्मेदवारी फिर्ता गर्नुभएकोमा र उम्मेदवारी निष्क्रिय गर्नुभएकोमा महासमिति सदस्य देवीकुमारी बुर्लाकोटी र क्षेत्रीय प्रतिनिधि नेता दिलबहादुर घले(प्रकाश)लाई बैठकले धन्यवाद व्यक्त गरेको छ।

    १०. स्वतन्त्र उम्मेदवारी कायम राखिरहनुभएका क्षेत्रीय प्रतिनिधि नेता टीकानिधि काप्रीलाई पार्टी केन्द्रले आह्वान गरेको समयसीमाभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टी र गठबन्धनलाई विजयी गराउन सक्रिय भई पार्टीमा क्रियाशील हुनुहुन बैठकले आग्रह गरेको छ।

    ११. पार्टीका नेताकार्यकर्ता एवम् सदस्यहरूलाई पार्टी र उम्मेदवारले काम विशेष जिम्मेवारी दिई अन्यत्र खटाएको वा आफ्नो अति जरुरी व्यावहारिक काम पर्दा वा आकस्मिक रूपमा आइपर्ने काम पर्दाबाहेक मतदान नसकिँदासम्म आफ्नो वडामा नै पूर्ण रूपमा क्रियाशील हुन बैठकले निर्देशन गरेको छ।

    १२. पार्टीका नेताकार्यकर्ता एवम् सदस्यहरूलाई सामाजिक सञ्जालमा पार्टीको विधान, नीति र पार्टी आचारसंहिता एवम् गठबन्धनको मर्मविपरीत हुने गरी नेपाली कांग्रेस र नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन तथा उम्मेदवारहरूका विपक्षमा पोष्ट एवम् प्रचार नगर्न, त्यस्ता पोष्टहरूलाई लाइक, कमेन्ट र शेयर नगर्न – नगराउन बैठकले निर्देशन गरेको छ।

    साथै पार्टीका नेताकार्यकर्ता एवम् सदस्यहरूले सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी गर्ने प्रस्तुतिलाई अध्ययन गर्ने तथा निगरानीमा राख्ने र पार्टीको विधान, नीति र पार्टी आचारसंहिता एवम् गठबन्धनको मर्मविपरीत हुने अवस्था आकर्षित हुने भएमा विधानबमोजिम व्यवहार गर्ने बैठकले निर्णय गरेको छ।

    १३. नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिको गत भदौ ३ गते सम्पन्न तेस्रो अधिवेशनबाट सभापतिमा सर्वसम्मत चयन हुनुभएका कमल पाण्डे र पदाधिकारी र सदस्यहरूलाई बैठकले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

    १४. जिल्ला सदस्य चन्द्र थापा नेपाल ग्यास विक्रेता महासंघको महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा चयन हुनुभएकोमा बैठकले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

    * उम्मेदवारहरूको घरदैलो एवम् निर्वाचन कार्यतालिका क्षेत्रीय कार्यसमितिहरूले पार्टीका आवश्यक तह, उम्मेदवार र गठबन्धनका दलहरूसँगसमेतको समन्वयमा तय गर्नेछ।

    * जिल्ला सभापति रामनाथ अधिकारीले उहाँ प्रतिनिधिसभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ सदस्यको उम्मेदवार भएको हुँदा पूर्ण रूपमा निर्वाचन प्रचारप्रसारमा लाग्नुपर्ने भएकोले जि-ल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी आजकै मितिबाट उपसभापति दलबहादुर अधिकारीलाई दिनुभएको छ।

    प्रतिकृया दिनुहोस्

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...