News Portal

ब्यबशायी सुमन बिक्रम पाण्डे होमिए राजनितिमा

हिमालीसंचार संवाददाता
३८१ पटक

नुवाकोट – प्रतिनिधि सभा सदस्य निर्वाचन नुवाकोट क्षेत्र नं. २ बाट चुनावमा होमिनु भएका नुवाकोट बिदुर निवासी सुमन बिक्रम पाण्डे भर्खरै स्थापना भएको नेपालको चर्चित राजनिति दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफ्नो उमेदवारी दिएका छन् ।

सरल एवं मृदुभाषी स्वभावका पाण्डे राजनितिमा ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक क्षेत्रमा लीन भएर देश र जनताको सेवा गर्छु भन्ने इच्छा शक्ति जागृत गर्दै ब्यापार ब्यबशायमा तल्लिन भएर पनि देश र जनताको सेवा गर्नकै लागि प्रतिनिधि सभा चुनावमा जनता सामु उपस्थिति जनाउनु भएको छ। नयाँ पार्टी नयाँ सोच बोकेर अगाडी बढ्नु भएका पाण्डेले आफ्नो जीवनको काल खण्डमा ब्यबशायिक साथै सामाजिक क्षेत्रहरूमा बिभिन्न पदमा बसेर सेवा गरी सक्नु भएको छ।

उहाँले पदभार ग्रहण गर्नु भएका संघ संस्था साथै ब्यवशायिक क्षेत्रहरू यस प्रकार छन्। सचिब/कोषाध्यक्ष, प्यासिफिक एशिया ट्राभल एशोसियशन अन्तराष्ट्रिय (दोस्रो कार्यकाल) अध्यक्ष, ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल‘टान’ (२००१–२००३)कार्यसमिति सदस्य, नेपाल पर्यटन बोर्ड (२००४–२००६) कार्य समिति सदस्य, नेपाल पर्यटन बर्ष (२००९–२०११) प्रमुख संयोजक, मन्त्री परीषद बैठक सगरमाथा आधार सिविर (४ डिसेम्बर, २००९) संयोजक, अन्तराष्ट्रिय हिमालयन ट्राभल मार्ट २०१७ अध्यक्ष, प्यासेफिक एशिया ट्राभल एशोसियशन नेपाल च्याप्टर) २०१३ जनवरी २०१७ डिसेम्बर महासचिव थिए।

एयरलाईन्स अपरेटर एशोसियसन (२००७–२०१४) उपाध्यक्ष, नेपाल तेकान्दो संघ बागमती प्रदेश संरक्षक, नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति नुवाकोट समूह अध्यक्ष, एक्प्लोर हिमालय ग्रुप १८ भन्दा बढी कम्पनीहरु,प्रमुख कार्यकारी अधिकृत, फिस्टेल एयर हेलिकप्टर (२००७–२०२०) हाल संचालक संचालक, समिट एयर संचालक, एलफ्ट काठमाण्डौ होटल संचालक, छाँयादेवी  कम्प्लेक्स करिब ५०० भन्दा बढीलाई प्रत्येक्ष रोजगारी दिई रहनु भएको छ ।

यसरी प्रत्यक्ष रूपमा जनताको जीवन स्तरलाई माथि उठाउनका लागि गहन भूमिका निर्बाह गरी रहनु भएका पाण्डेलाई नुवाकोटका जनताले साथ दिएमा नुवाकोटमा बिकासको मुल नै फुटाई दिने सोच लिनु भएको छ । पुराना पार्टीहरू कांग्रेस कम्युनिष्ट देखि वाक्क दिक्क भएका नुवाकोटे जनताले यस पटक हाम्रालाई नभई राम्रालाई मतदान गर्नेमा ढुक्क छन पाण्डे । यो समय र जनताले राम्रा ब्यक्तिलाई नै अगाडी बढाई रहेको बेलामा आफूले पनि चुनाव जित्नेमा ढुक्क छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...