News Portal

खोटाङमा गठबन्धन बिरुद्ध कांग्रेसले ग-यो बिद्रोह, पासाङ र राई विरुद्ध बागी उम्मेदवार

हिमालीसंचार संवाददाता
३४९ पटक

खोटाङ – खोटाङमा वाम लोकतान्त्रिक गठबन्धन बिरुद्ध नेपाली कांग्रेसले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । वाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ) र प्रदेशसभा ‘क’मा उठेका नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई विरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र), प्रदेशसभा (क) नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा (ख) कांग्रेसको भागमा परेपछि असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

वाम लोकतान्त्रिक गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै पुर्वसांसद एबं पुर्व राज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा (क)मा पुर्वसभापति सुवासकुमार पोखरेल र उपसभापति धर्मराज पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

वाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका भूपेन्द्र राई विरुद्ध भने स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छैनन् । तर, उनीहरुले आफ्नो स्वतन्त्र उम्मेदवारलाई सहयोग गरे मात्र गठबन्धनबाट प्रदेशसभा ‘ख’मा टिकट पाएका भूपेन्द्रलाई सहयोग हुने संकेत गरेका छन् ।

स्थानीय तहको मतपरिणामको आधारमा एक प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाई नभएकाले स्वतन्त्र उम्मेदवारी दिनु परेको नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताए । वाम लोकतान्त्रिक गठवन्धन जोगाउने नाममा नेकपा (एस)लाई प्रदेशसभा (क) दिँदा गठबन्धन सुरक्षित नहुने र प्रतिगमन रोक्न नसकिने असन्तुष्ट पक्ष बताउछन् ।

केन्द्रको निर्णय अनुसार जिल्लामा वाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवार मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको केही समयपछि कांग्रेसको विद्रोही पक्ष मनोनयन दर्ता गरेका थिए । गठबन्धन बिरुद्ध गठबन्धन दलकै स्वतन्त्र उम्मेदवारी परेपछि एमालेलाई उत्साहित बनाएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट बिशाल भट्टराई, प्रदेशसभा ‘क’बाट पाँचकर्ण राई (पिके) र प्रदेशसभा ‘ख’बाट रामप्रसाद दंगालको उम्मेदवारी दर्ता भएको छ। नेतृत्वलाई निर्णय सच्याउनका लागि शनिबार ज्ञापन–पत्र बुझाएको टोलीले आइतबार जिल्लामा फर्किए लगत्तै बैठक राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हुन्। 

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...