News Portal

  • खोटाङमा वाम लोकतान्त्रिक गठबन्धनले संयुक्त रुपमा उम्मेदवार मनोनय दर्ता ग-यो

    हिमालीसंचार संवाददाता
    २८९ पटक

    खोटाङ – खोटाङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई र प्रदेशसभा ‘ख’ तर्फ नेपाली कांग्रेसका भूपेन्द्र राईले संयुक्त रुपमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

    ०७४ सालको निर्वाचनमा प्रदेशसभा (ख) मा विजयी भएर प्रदेश १ को खानेपानी, सिँचाई तथा उर्जा मन्त्री राईले वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट खोटाङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका हुन् । उनी २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा पनि सांसद निर्वाचित भएका थिए ।

    यस्तै, वाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले टिकट पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राई केन्द्रीय सदस्य एवम् खोटाङ जिल्लाका सहइन्चार्ज समेत हुन् ।

    नेपाली कांग्रेसका राई प्रदेश महामन्त्री एवम् दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारले संयुक्त रुपमा मनोनयन दर्ता दिउँसो तीन बजे गरेका थिए । 

    प्रतिनिधिसभाका लागि मुलुकभरबाट १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा आज उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता रहेको छ। 

    यद्यपी, वाम लोकतान्त्रिक गठबन्धनको टिकट वितरणप्रति नेपाली कांग्रेसभित्र असन्तुष्टी देखिए पनी उम्मेदवारी दर्ता दिउसो तीन बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संयुक्त रुपमा वाम लोकतान्त्रिकले गठबन्धनले मनोनयन दर्ता गरेका हुन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २७ गतेको राशिफल 

    आज भदौ २७, २०८२ (सेप्टेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

    काठमाडौँ -शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।राष्ट्रपति...

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...