News Portal

  • खोटाङमा गठबन्धनले प्रतिनिधिसभा सदस्यमा रामकुमार राई (पासाङ) लाई सिफारिस ग-यो

    हिमालीसंचार संवाददाता
    ३४९ पटक

    खोटाङ – खोटाङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ) लाई उम्मेदवारी सिफारिस गरेको छ। प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ तर्फ नेपाली कांग्रेसका भूपेन्द्र राईले टिकट पाएका छन् ।

    ०७४ सालको निर्वाचनमा प्रदेशसभा (ख) मा विजयी भएर प्रदेश १ को खानेपानी, सिँचाई तथा उर्जा मन्त्री राईले बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका टिकट पाएका हुन् । उनी २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा पनि सांसदमा निर्वाचित भएका थिए ।

    यस्तै, बाम गठबन्धनबाट प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले टिकट पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राई केन्द्रीय सदस्य एवम् खोटाङ जिल्लाका सहइन्चार्ज समेत हुन् ।

    नेपाली कांग्रेसका राई प्रदेश महामन्त्री एवम् दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । बाम गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारले मनोनयन दर्ता दिउँसो तीन बजे गर्ने भएका छन्। यद्यपी, बाम गठबन्धनको टिकट वितरणप्रति नेपाली कांग्रेसभित्र असन्तुष्टी देखिए पनी उम्मेदवारी दिउसो तीन बजे मनोनयन दर्ता गर्ने भएका छन्। 

    प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता समेत उल्लेख गरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...