News Portal

  • भीम रावललाई टिकट नदिएपछि क्षेत्रीय समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा

    हिमालीसंचार संवाददाता
    ४१९ पटक

    अछाम। नेकपा एमालेले भीम रावललाई टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन्। शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन्।

    एमाले अछाम जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा गत भदौ १९ गते बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर १ मा सर्वसम्मत रुपमा भीम रावललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस गरेको थियो।

    तर एमालेले रावललाई नभई जिल्ला इन्चार्ज बोहरालाई टिकट दिने निर्णय गरेपछि शाहले नैतिकताको आधारमा राजीनामा दिएका हुन्।

    उनले पत्रमा लेखेका छन्, ‘समन्वय कमिटीको सर्वसम्मत सिफारिस भन्दा अन्य निर्णय भएकाले समन्वय कमिटीको संयोजक पदमा बसिरहन मेरो नैतिकताले नमान्ने भएकाले आजैको मितिबाट क्षेत्रीय समन्वय कमिटीको संयोजक पदबाट राजीनामा दिएको जानकारी साथ अनुरोध छ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...

    रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

    रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको...

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...