News Portal

नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्यमा भट्टराई, प्रदेशसभा सदस्य तर्फ राई र दंगाल उम्मेदवारी बनाउने निर्णय

हिमालीसंचार संवाददाता
३२२ पटक

खोटाङ – आसन्न मंसिर ४ गते हुन लागि रहेको निर्वाचनका लागि नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तर्फ टुङ्गो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले नेकपा (एमाले)  पार्टीले उम्मेदवारको टुङ्गो लगाएको हो ।

नेकपा (एमाले) खोटाङको प्रतिनिधिसभा सदस्य तर्फ संसदीय दलका प्रमुख सचेतक तथा जिल्ला इन्चार्ज विशाल भट्टराईलाई उम्मेदवार बनाएको एमाले खोटाङका सचिब कुमार प्रसाद आचार्यले हिामालीसंचारडटकमसंग बताए।

त्यस्तै, प्रदेशसभा तर्फ (क) पाँचकर्ण राई (पि.के) र (ख) रामप्रसाद दंगाललाई उम्मेदवार बनाउने निर्णय भएको हो । प्रतिनिधिसभाका लागि खोटाङबाट ७ जना र प्रदेश सभाका लागि (क) बाट ४ जना त्यस्तै, (ख) बाट निर्विरोध रामप्रसाद दंगालको नाम सिफारिस गरिएको हो। 

०७४ को निर्वाचनमा नोकपा (एमाले) बामगठबन्धनका साझा उम्मेदवार भट्टराईले भारी मत सहित विजयी हासिल गरेका थिए । प्रदेश सभा (क)  पाँचकर्ण राई ०७० सालको चुनावमा सोही क्षेत्रबाट विजयी भएका राईलाई ०७४ को चुनावमा पार्टीले विश्राम दिएको थियो। प्रदेश सभा (ख)  एमालेका जिल्ला अध्यक्षसमेत रहेका रामप्रसाद दंगाल जिल्लाबाट सर्वसम्मत सिफारिस भएका हुन्। 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...