News Portal

रवीन्द्र मिश्रले आमाको आशिर्वाद लिएर काठमाडौं–१ को उम्मेदवारी घोषणा

हिमालीसंचार संवाददाता
३९५ पटक

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज (१४ असोज) उम्मेदवारी घोषणा गर्ने भएका छन्। उनी गत बुधबार वरिष्ठ उपाध्यक्षको हैसियतमा पाँचौ वरियतामा राप्रपा प्रवेश गरेका थिए।

आज (शुक्रबार) दिउँसो नयाँ बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यान्क्वेटमा उम्मेदवारी घोषणा कार्यक्रम रहेको मिश्रले बताएका छन्। उनले सफलताका लागि आजै बिहान आमाको आशिर्वाद लिएको सामाजिक सञ्जालबाट बताएका छन्।

‘सफलताका लागि विहानै आमाको आशीर्वाद लिँदै, अब मलाई तपाईंको आशीर्वादको आवश्यकता छ!’ मिश्रले सामाजिक सञ्जाालमार्फत भनेका छन्। मिश्र २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उठेका थिए। त्यसबेला उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए।

२०७४ मा काठमाडौँ १ निर्वाचन क्षेत्रमा ८१९ मतको झिनो अन्तरले पराजित भएका थिए। मिश्रले त्यसबेला १० हजार १ साय १८ मत प्राप्त गरेका थिए। विजयी सिंहले १० हजार ९ सय ३७ मत ल्याएका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...