News Portal

रवीन्द्र मिश्रले आमाको आशिर्वाद लिएर काठमाडौं–१ को उम्मेदवारी घोषणा

हिमालीसंचार संवाददाता
३२९ पटक

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज (१४ असोज) उम्मेदवारी घोषणा गर्ने भएका छन्। उनी गत बुधबार वरिष्ठ उपाध्यक्षको हैसियतमा पाँचौ वरियतामा राप्रपा प्रवेश गरेका थिए।

आज (शुक्रबार) दिउँसो नयाँ बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यान्क्वेटमा उम्मेदवारी घोषणा कार्यक्रम रहेको मिश्रले बताएका छन्। उनले सफलताका लागि आजै बिहान आमाको आशिर्वाद लिएको सामाजिक सञ्जालबाट बताएका छन्।

‘सफलताका लागि विहानै आमाको आशीर्वाद लिँदै, अब मलाई तपाईंको आशीर्वादको आवश्यकता छ!’ मिश्रले सामाजिक सञ्जाालमार्फत भनेका छन्। मिश्र २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उठेका थिए। त्यसबेला उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए।

२०७४ मा काठमाडौँ १ निर्वाचन क्षेत्रमा ८१९ मतको झिनो अन्तरले पराजित भएका थिए। मिश्रले त्यसबेला १० हजार १ साय १८ मत प्राप्त गरेका थिए। विजयी सिंहले १० हजार ९ सय ३७ मत ल्याएका थिए।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...