News Portal

  • मेरो कारणले प्रदेशले नाम नपाएको होइनः पूर्वमुख्यमन्त्री राई

    हिमालीसंचार संवाददाता
    ७५६ पटक

    धरान – प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले आफ्नो कारणले प्रदेश सभाले प्रदेशको नामकरण गर्न नसकेको बताएका छन् । प्रदेश सभाको कार्यकाल सकिन लागेको समयमा पूर्वमुख्यमन्त्री राईले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै दलहरूले प्रदेशको नाम टुंग्याउन तयार नभएकाले नाम राख्न नसकिएको उनले प्रष्टिकरण दिएका छन्।

    पूर्वमुख्यमन्त्री राईले प्रदेशको नाम राख्नका लागि प्रयत्न गर्दा दलहरूले असहयोग गरेको उनको आरोप छ । ‘मेरो कारणले प्रदेशले नाम नपाएको भने होइन । हामीले राजधानी टुंग्याउयौँ तर नाम टुंग्याउन दलहरू तयार भएनन् । मैले तोक्ने कुरा थिएन । यो नितान्त प्रदेश सभाको अधिकार क्षेत्रभित्रको कुरा थियो अर्थात दुई तिहाई माननीय सदस्यहरूको मतबाट टुंग्याउनुपर्ने संवैधानिक ब्यवस्था रहेको विषय हो’, उनले लेखेका छन्, ‘सरकार प्रमुखको हैसियतमा मैले छलफल, परामर्श र सहजीकरण गर्ने मात्रको जिम्मेवारी थियो त्यो पहल गर्दा गर्दै पनि सबै दलहरू तयार नभएकोले आ-आफ्नै विचार भावना र मान्यतामा अडिग रहेको र अर्को तर्फ कोभिड १९ को महामारीका कारण बाक्लो छलफल हुन सकेन सँगसँगै अनपेक्षित राजनितिक घटनाक्रमका कारण मैले सरकार छोडनु पर्‍यो ।’

    उनले आफूपछिको मुख्यमन्त्रीहरूले पनि नाम राख्न नसकेको बताएका छन् । ‘मभन्दा पछि दुईजना मुख्यमन्त्री हुनुभो वहाँहरू रहेको बेला प्रदेशले नाम पाएको भए स्वाभाविक रूपमा फलानाले राख्न नसकेको नाम मैले राखे, अथवा उसको पालामा राख्यो भन्ने ठाउँ हुन्थ्यो । बजारमा कुराहरू बिकाउन सकिन्थ्यो ।

    तर, वहाँहरू रहेको बेला पनि नाम नआएपछि अब त्यो ठाउँ रहेन र मेरो थाप्लोमा मात्र दोष रहेन’, उनले लेखेका छन्।, ‘तर, म आफू बहाल रहेको बेला प्रदेशको नामांकन हुन नसके बापतको मेरो भागमा पर्ने जिम्मेवारी म बोक्न तयार रहेको कुरा निसंकोच भन्न चाहन्छु ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...