News Portal

मेरो कारणले प्रदेशले नाम नपाएको होइनः पूर्वमुख्यमन्त्री राई

हिमालीसंचार संवाददाता
८०४ पटक

धरान – प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले आफ्नो कारणले प्रदेश सभाले प्रदेशको नामकरण गर्न नसकेको बताएका छन् । प्रदेश सभाको कार्यकाल सकिन लागेको समयमा पूर्वमुख्यमन्त्री राईले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै दलहरूले प्रदेशको नाम टुंग्याउन तयार नभएकाले नाम राख्न नसकिएको उनले प्रष्टिकरण दिएका छन्।

पूर्वमुख्यमन्त्री राईले प्रदेशको नाम राख्नका लागि प्रयत्न गर्दा दलहरूले असहयोग गरेको उनको आरोप छ । ‘मेरो कारणले प्रदेशले नाम नपाएको भने होइन । हामीले राजधानी टुंग्याउयौँ तर नाम टुंग्याउन दलहरू तयार भएनन् । मैले तोक्ने कुरा थिएन । यो नितान्त प्रदेश सभाको अधिकार क्षेत्रभित्रको कुरा थियो अर्थात दुई तिहाई माननीय सदस्यहरूको मतबाट टुंग्याउनुपर्ने संवैधानिक ब्यवस्था रहेको विषय हो’, उनले लेखेका छन्, ‘सरकार प्रमुखको हैसियतमा मैले छलफल, परामर्श र सहजीकरण गर्ने मात्रको जिम्मेवारी थियो त्यो पहल गर्दा गर्दै पनि सबै दलहरू तयार नभएकोले आ-आफ्नै विचार भावना र मान्यतामा अडिग रहेको र अर्को तर्फ कोभिड १९ को महामारीका कारण बाक्लो छलफल हुन सकेन सँगसँगै अनपेक्षित राजनितिक घटनाक्रमका कारण मैले सरकार छोडनु पर्‍यो ।’

उनले आफूपछिको मुख्यमन्त्रीहरूले पनि नाम राख्न नसकेको बताएका छन् । ‘मभन्दा पछि दुईजना मुख्यमन्त्री हुनुभो वहाँहरू रहेको बेला प्रदेशले नाम पाएको भए स्वाभाविक रूपमा फलानाले राख्न नसकेको नाम मैले राखे, अथवा उसको पालामा राख्यो भन्ने ठाउँ हुन्थ्यो । बजारमा कुराहरू बिकाउन सकिन्थ्यो ।

तर, वहाँहरू रहेको बेला पनि नाम नआएपछि अब त्यो ठाउँ रहेन र मेरो थाप्लोमा मात्र दोष रहेन’, उनले लेखेका छन्।, ‘तर, म आफू बहाल रहेको बेला प्रदेशको नामांकन हुन नसके बापतको मेरो भागमा पर्ने जिम्मेवारी म बोक्न तयार रहेको कुरा निसंकोच भन्न चाहन्छु ।’

प्रतिकृया दिनुहोस्

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...