News Portal

गांगाजमुनामा  बिद्यालयको बोर्ड हटाएर एमालेको बैठक

हिमालीसंचार संवाददाता
२२३१ पटक

धादिङ – गांगाजमुना गाँउपालिका फुलडाँडा बुढाथुम ७ गंगा जमुनामा नेकपा एमालेको वडा स्तरीय संगठन शद्धिकरण तथा सुद्धढीकरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा एमालेले स्थानिय सरकार गाँउपालिका र वडाको अनुमति बिना जनजागृती विद्यालयमा आयोजना गरिएको थियो।

स्कुलको होर्डिङ्ग बोर्ड हटाएर स्कुलमा पार्टेसन गरेर गंगाजमुना बुढाथुमका एमालेको वडा पार्टी कार्यलय निर्माण गरेकाे कार्यक्रममा उपस्थिती स्थानिय शिक्षकहरुको पनि बाक्लै थियो।  यस बिषयमा  स्थानीय सरकारलाई कुनै पनि जानकारी छैन । उनिहरुले आफुखुसी विद्यालयलाई पार्टी कार्यलय बनाए। श्री जनजागृती मा वि मा भएकाे भएको कार्यक्रमको बारे सामाजिक संजालमा व्यापक छ।बिद्यालयको बोर्ड हटाएर पार्टी कार्यालय स्कुलमा स्थापना गरएिको छ । कार्यक्रममा उपस्थिती स्थानिय शिक्षकहरुको पनि बाक्लै थियो। वडा अध्यक्ष रविन अधिकारीलाई यस बिषयमा कुनै पनि जानकारी दिईएको थिएन। उक्त समारोहमा वडा कमिटीका अध्यक्ष मोहन अधिकारी, अतिथि प्रदेश कमिटीका सदस्य सम्भु थापा, प्रदेश कमिटीका सदस्य उमेश थापा, जिल्ला कमिटीका सदस्य बल बहादुर अधिकारी, जिल्ला कमिटीका सदस्य बाबुराम न्यौपाने, गंगाजमुना गाउँ कमिटीका अध्यक्ष भक्त बहादुर लामिछानेको उपस्थिति रहेको थियो।

श्री जनजागृती प्रा वि केही समय यता स्कुल सन्चालनमा थिएन ।
पार्टीको बैठकमा खुलेर उपस्थीत हुने शिक्षक शिक्षकाहरुको नामसहित
१ षडा नन्द रेग्मी
२ नरेन्द्र दवाडी
३ देउती कंडेल
४ शंकर लाउपा मगर कार्यलय सहयोगी                    ५   सिर्जना अधिकारी                                               

 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...