News Portal

नेपालको राष्ट्रिय झण्डा बोकेर उपत्यकामा एमालेले ग-यो पदयात्रा

हिमालीसंचार संवाददाता
२५८ पटक

काठमाडौं – नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन हिजो उपत्यकामा पदयात्रा गरेर मनाएको छ। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट पदयात्रा सुरू गरिएको हो।

पार्टीले ‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण-संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा ‘वाकथन’ पदयात्राको कार्यक्रम गरेको जनाएको छ । संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीलले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेको बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ बानेश्वरबाट पदयात्राको नेतृत्व गरेका थिए। लैनचौरको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मैतीदेवीबाट उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ, कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पदयात्राको नेतृत्व गरेकी थिइन्। उपत्यकाका पाँच स्थानबाट सुरु भएको पदयात्रा शहीदगेट अगाडि जम्मा भएर बसन्तपुर पुगेका थियो । बसन्तपुर पुगेपछि अध्यक्ष ओलीले सम्बोधन गरेका थिए ।

निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गतेसम्म प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले नेकपा एमालेले पदयात्रा असोज १ गतेलाई तय गरेको हो। पदयात्रामार्फत नेकपा एमालेले संविधानको अपनत्व र निर्वाचनको दौडमा होमिएको सन्देश प्रवाह गर्न खोजेका हुन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...