News Portal

पाँचथरबाट प्रतिनिधिसभाका लागि पूर्वमन्त्री नेम्वाङ सर्वसम्मत सिफारिस

हिमालीसंचार संवाददाता
३४२ पटक

फिदिम – नेकपा एमाले पाँचथरले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको नाम सर्वसम्मत सिफारिस गरेको छ।

हिजो फिदिममा सम्पन्न एमाले जिल्ला कमिटी पाँचथरको बैठकले नेम्वाङलाई उम्मेदवार बनाउन माथिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो। एमाले जिल्ला कमिटीका सचिव विष्णुप्रसाद सापकोटाका अनुसार जिल्ला कमिटीको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका लागि पूर्वमन्त्री नेम्वाङ सर्वसम्मत सिफारिस गरिएको हो।

त्यस्तै, प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फे, प्रदेश कमिटी सदस्य नरेन्द्रकुमार बस्नेत र आशारत्न जबेगूले आकाङ्क्षा राखेका छन्। जिल्ला कमिटीको बैठकमा एमालेका केन्द्रीय सदस्य एवं पाँचथर इन्चार्ज नेम्वाङ, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सम्बाहाम्फे, केन्द्रीय सदस्य एवं सहइन्चार्जद्वय अइन्द्रसुन्दर नेम्वाङ र श्रीप्रसाद जबेगू, प्रदेश कमिटीका सदस्यहरु लगायत नेताहरु समेत सहभागी रहेका थिए।

नेम्वाङ पाचौं पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न लागेका हुन्। उनले २०४८ र ०५६ को आम निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तर, उनी ०५१ को मध्यावधि निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएको थियो।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...