News Portal

पाँचथरबाट प्रतिनिधिसभाका लागि पूर्वमन्त्री नेम्वाङ सर्वसम्मत सिफारिस

हिमालीसंचार संवाददाता
३८२ पटक

फिदिम – नेकपा एमाले पाँचथरले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको नाम सर्वसम्मत सिफारिस गरेको छ।

हिजो फिदिममा सम्पन्न एमाले जिल्ला कमिटी पाँचथरको बैठकले नेम्वाङलाई उम्मेदवार बनाउन माथिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो। एमाले जिल्ला कमिटीका सचिव विष्णुप्रसाद सापकोटाका अनुसार जिल्ला कमिटीको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका लागि पूर्वमन्त्री नेम्वाङ सर्वसम्मत सिफारिस गरिएको हो।

त्यस्तै, प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फे, प्रदेश कमिटी सदस्य नरेन्द्रकुमार बस्नेत र आशारत्न जबेगूले आकाङ्क्षा राखेका छन्। जिल्ला कमिटीको बैठकमा एमालेका केन्द्रीय सदस्य एवं पाँचथर इन्चार्ज नेम्वाङ, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सम्बाहाम्फे, केन्द्रीय सदस्य एवं सहइन्चार्जद्वय अइन्द्रसुन्दर नेम्वाङ र श्रीप्रसाद जबेगू, प्रदेश कमिटीका सदस्यहरु लगायत नेताहरु समेत सहभागी रहेका थिए।

नेम्वाङ पाचौं पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न लागेका हुन्। उनले २०४८ र ०५६ को आम निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तर, उनी ०५१ को मध्यावधि निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएको थियो।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...